नारायणगढ–मुग्लिन सडकखण्डमा क्यान्टिलिभरको काम सुरु


प्रकाशित मिति : जेष्ठ १४, २०७४ आईतबार

नारायणगढ– मुग्लिन सडकखण्ड विस्तारका क्रममा भित्तो काट्न कठिन भएपछि केही क्षेत्रमा क्यान्टिलिभरको काम सुरु गरिएको छ ।

सडकभन्दा बाहिर टप निकालेर सडक चौडा हुने संरचनालाई क्यान्टिलिभर भनिन्छ । मुग्लिन बजारबाट १ दशमलब ५ किमीदेखि दुई किमी नारायणगढतर्फ क्षेत्रमा छ ठाउँमा क्यान्टिलिभर पद्धतिबाट सडक चौडा गरिने भएको छ । सबै क्षेत्रमा गरी एक सय ९० मि लामो सडकमा क्यान्टिलिभर गरिँदैछ । सो क्षेत्रमा हाल सडक ५ दशमलब ५ मि मात्रै चौडा छ । सो सडकलाई ९ मि चौडा गरिँदैछ । अग्लो पहरो र साँघुरो सडक भएकाले काममा कठिन भएपछि क्यान्टिलिभर पद्धति प्रयोग गरिएको हो ।

नारायणढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार सो पद्धतिबाट थप ५ दशमलब ५ फि सडक चौडा गर्न लागिएको हो । साँघुरो सडक भएकाले टप निकाल्नका लागि निर्माण गरिने स्ल्याब अन्यत्र बनाएर ल्याउनुपर्ने भएको छ । सोका लागि रड काट्ने र फर्मा बनाउने काम भइरहेको खनालले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीन मि लम्बाइ र तीन मि चौडाइका आरसिसी स्ल्याब बनाइँदैछ । सोको मोटाइ ३० सेमीदेखि ६० सेमीसम्म रहेको छ । स्ल्याबको एकातर्फको भाग सडक बाहिर ५ दशमलब ५ फि टप बनेर बस्छ भने अर्कातर्फको भागलाई खनेर सिमेन्टले जमाइन्छ । त्यसमाथि ढलान गरिने छ ।

नेपालमा यति फराकिलो क्यान्टिलिभर पद्धतिबाट सडक चौडा गर्न लागिएको यो पहिलो भएको खनालले बताउनुभयो यसअघि देशका विभिन्न सडक खण्डमा थोरै चौडा पार्न क्यान्टिलिभर पद्धति अपनाइएको उहाँले बताउनुभयो । “जुन पद्धति हामीले अहिले प्रयोग गर्दैछौं, यो नेपालका लागि नयाँ हो”, खनालले भन्नुभयो ।

सो क्षेत्रमा ५८ मि अग्लो ठाउँबाट पहरो काट्नुपर्ने अवस्था छ । क्यान्टिलिभरबाट सडक चौडा गरिएपछि करिब १४ मि उचाइबाट पहरो काटेर सडक चौडा गर्न सकिने आयोजनाले जनाएको छ । सो सडक खण्डको तेस्रो खण्ड अर्थात् सो क्षेत्रमा भित्तो काटेर दुई सय १० मि सडक चौडा गर्न बाँकी तथा दोस्रो खण्ड अर्थात् सडक खण्डको बीच भागमा पाँचसय मिटर सडक चौडा गर्न बाँकी छ ।

दोस्रो खण्डमा ४४ मिमाथिबाट पहरो काट्ने काम भइरहेको छ । पहिलो खण्ड अर्थात् नारायणगढतर्फको भागमा भने भित्तो काट्ने काम छैन । उक्त खण्डमा कालोपत्रेको काम सुरु भइसकेको खनालले बताउनुभयो । हालसम्म ४८ प्रतिशत काम मात्र सम्पन्न भएको छ । भूकम्प, नाकाबन्दीलगायत कारण काममा ढिलाइ भएको भन्दै समय थप गरिएको छ । आउँदो पुस मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने हुन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com