दूरगामी निर्णय नलिन सरकारलाई सचेत गराए देउवाले


प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कुनै पनि दूरगामी निर्णय नलिन सचेत गराएका छन्। सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको भन्दै उनले दूरगामी निर्णय नलिन सरकारलाई सचेत गराएका हुन्।

‘सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु,’ विहीबार वक्तव्य जारी गर्दै देउवाले भनेका छन्, ‘सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरूलाई दुरुपयोग हुनबाट अलग रहन पनि ध्यानाकर्षण गराउँदछु।’

वर्तमान सरकारले संविधानको मूल मर्म र भावनाविपरीत संसदीय प्रक्रिया छलेर दूरगामी प्रकृतिका निर्णय लिइरहेको देउवाले आरोप लगाएका छन्।

उनले कोरोना रोकथाम र नियन्त्रणतर्फ सम्पूर्ण ध्यान केन्द्रित गर्दै निषेधाज्ञाका कारण समस्यामा परेका निम्न आय भएका आमनागरिक, साना व्यवसायी, श्रमजीवीका लागि राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्। देउवाले खोपको तत्काल आपूर्ति, देशभर आवश्यकताअनुसार आइसीयू बेड र अक्सिजनको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निम्न आय भएकाहरूलाई निःशुल्क उपचार, वडा तहसम्म पिसिआर परीक्षणको व्यवस्था, निषेधाज्ञालाई व्यवहारिक र प्रभावकारी बनाउनुपर्ने उनको माग छ।

नेपाली कांग्रेस आफैं पनि कोरोना रोकथाम र उपचारमा जनताका पीडालाई कम गर्न सक्रियताका साथ लागि परेको उल्लेख गर्दै देउवाले साधन स्रोत र सयंन्त्र सरकारको जिम्मेवारीमा रहेकाले सरकारले गर्ने सम्पूर्ण काम कांग्रेसले मात्रै गर्न नसक्ने जिकिर गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com