दैनिक संक्रमण र मृत्यु घट्दै, ७२२६ निको भए, १०६ को मृत्यु


प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार

नेपालमा दैनिक कोरोना संक्रमण र मृत्यु दर घट्दै गएको छ भने निको हुनेको संख्या बढ्न थालेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ४१४ जनाको पीसीआर र ५७८ एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ। बुधबार भने ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको थियो।
त्यसैगरी, २४ घण्टामा ७ हजार २२६ जना संक्रमित निको भएका छन्। बुधबार निको हुनेको संख्या ६ हजार ७ सय १६ थियो। मन्त्रालयका अनुसार हालसम्म ४ लाख १८ हजार ८ सय २९ संक्रमणमुक्त भएका छन्।

देशभर हाल १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, बिहीबार संक्रमणबाट १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। बुधबार १४५ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ। देशभर एक हजार ९ जना क्वारेन्टाइनमा रहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com