नेपालमा थप ८३८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालका विभिन्न प्रयोगशालमा गरिएका परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
नेपालमा पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म ६७०० जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। २४ घण्टामा ६ हजार ४ सय ४ जनामा संक्रमणमुक्त भएका छन्। हालसम्म ४ लाख ४ हजार ८ सय ८७ जना निको भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६१ पुगेको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।