पूर्वसभामुखहरुको निष्कर्ष : संविधानविरुद्ध भएको आक्रमणविरुद्ध डटेर लाग्ने


प्रकाशित मिति : जेष्ठ ११, २०७८ मंगलबार

पूर्वसभामुखहरुले संविधानमाथि भएको आक्रमणका विरुद्ध डटेर लाग्ने निष्कर्ष निकालेका छन्। मंगलबार नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा सभामुख अग्नि सापकोटाले गरेको छलफलमा पूर्वसभामुखहरुले यस्तो निष्कर्ष निकालेका हुन्।

छलफलमा पूर्वसभामुखहरु कृष्णबहादुर महरा, रामचन्द्र पौडेल, ओनसरी घर्ति, तारानाथ रानाभाट र दमननाथ ढुंगाना सहभागी थिए। रानाभाट र ढुंगानाले भने भर्चुअल रुपमा भाग लिएा थिए।

पूर्वसभामुख घर्तिले प्रतिनिधि सभामाथिको आक्रमण असंवैधानिक रहेकाले डटेर लाग्नुको विकल्प नरहेको बताइन्। ‘जनताको मतको अपमान हो। लडेर ल्याएको व्यवस्थामाथि नै धावा बोल्ने काम भएको छ, यो व्यवस्थाकै समाप्तिको झझल्को देखिने यी कार्यको घोर विरोध गरेका छौं, ‘घर्तीले भनिन्।

विघटनविरुद्धको रिटमा सर्वोच्चमा पुगिसकेकाले अब उसले छिटोभन्दा छिटो निकास दिनुपर्ने पनि आफूहरुको माग रहेको उनले बताइन्।
पूर्वसभामुख पौडेलले जेठ १५ गते सरकारले अध्यादेशबाट बजेट ल्याउने कोशिस गरिरहेको भन्दै सर्वोच्चले त्यसअघि नै संसद पुनर्स्थापना गरे संवैधानिक प्रक्रियाबाटै बजेट ल्याउन सकिने बताए। उनले छिटो भन्दा छिटो न्यायलयले फैसला दिनुपर्ने पनि बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com