यस्तो छ नागरिकतासम्बन्धी अध्यादेशमा राखिएका नयाँ प्रावधान (पूर्णपाठसहित)


प्रकाशित मिति : जेष्ठ ९, २०७८ आईतबार

नेपाली नागरिक आमाबाट जन्म भई नेपालमा नै बसोबास गरेका र बाबुको पहिचान हुन नसकेका व्यक्तिले वंशजकै आधारमा नेपालको नागरिकता पाउने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट जेठ ९ गते जारी नेपालको नागरिकतासम्बन्धी अध्यादेशमा यो व्यवस्था गरिएको हो। यसअघि आमा नेपाली भए पनि बाबुको पहिचान नभएका व्यक्तिले नागरिकता पाउन समस्या बेहोर्दै आएका थिए।

तर उक्त व्यक्तिका बाबु विदेशी रहेको ठहरिएमा त्यस्तो व्यक्तिले लिएको वंशजको नागरिकता रहेनैछन भने बाबुले विदेशी नागरिकता प्राप्त नगरेको स्वघोषणा गरेमा उक्त व्यक्तिको नागरिकता अंगीकृत नागरिकतामा परिणत हुनेछ।

यस्तै, २०७२ असोज ३ गतेभन्दा अघि (संविधान जारी हुनुभन्दाअघि) जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकका सन्तानले १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने प्रावधान पनि अध्यादेशमा थपिएको छ।

नेपाल-नागरिकता-पहिलो-संशोधन-अध्यादेश-२०७८

जनता समाजवादी पार्टी (जसपा) ले लामो समयदेखि नागरिकता समस्या समाधान गर्नुपर्ने माग राख्दै आएको थियो। नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी भएपछि जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले आइतबार जनकपुरमा दीप प्रज्वलन गरी खुसीयाली मनाएको थियो। यसलाई आफ्नो माग पूरा भएको रुपमा जसपाले लिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com