नेपालका ९७ प्रतिशतमा कोरोनाको इन्डियन भेरियन्ट, भ्याक्सिन प्रभावकारी भएको बेलायतको दावी
नेपालमा कोरोना संक्रमितहरुको नमुना परीक्षण गर्दा ९७ प्रतिशतमा इन्डियन भेरियन्ट पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुशार ३५ नमुना सङ्कलन गरेर भारतको ल्याबमा परीक्षण गर्दा ३४ जनामा इन्डियन भेरियन्ट भएको पुष्टी भएको जनाएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ मे १० मा यो नयाँ भेरिएन्टलाई विश्वव्यापी भेरिएन्ट अफ कन्सर्न भनी घोषणा गरेको थियो । यो नयाँ भाइरसले सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूले पुष्टि गरेकोसमेत मन्त्रालयले जनाएको छ ।

यसैबीच बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले भ्याक्सिन इन्डियन भेरियन्टबिरुद्ध प्रभावकारी भएको बताएका छन् । पूर्णरुपमा भ्याक्सिन लगाएका बढी उमेर समुहकाहरु इन्डियन भेरियन्टबिरुद्ध संरक्षित भएको पुष्टी भएको र भ्याक्सिन नलगाएकाहरु इन्डियन भेरियन्टको संक्रमणबाट अस्पताल भर्ना हुने अवस्था आएको बताएका छन् ।
बोल्टनको उत्तरपश्चीम टाउनमा बी वान ६१७ टु नामको भारतमा पहिलोपटक देखिएको इन्डियन भेरियन्ट २३३२ जनामा भेटिएको पुष्टी भएको र उनीहरु अधिकांश भ्याक्सिन नलगाएकाहरु रहेको बेलायती स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।






