कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने विश्वकै कम उमेरका न्युयोर्कका ८ महिनाका बालक


प्रकाशित मिति : जेष्ठ १, २०७८ शनिबार

कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने विश्वकै कम उमेरका न्युयोर्कका ८ महिनाका बालक भएका छन् । न्युयोर्कको बाल्डविन्सभिलका ती बालकलाई फाइजर भ्याक्सिनको दोश्रो डोज पनि दिइएको छ । भिन्सेन्जो मिन्कोला नामका ती बालकलाई अपस्टेट मेलिकल युनिभर्सिटीमा भ्याक्सिनको दोश्रो डोज पनि दिइएको हो ।

अमेरिकामा अहिले ५ बर्ष मुनीका बालबालिकाहरुमा पनि फाइजर भ्याक्सिनको क्लीनिकल परीक्षण भइरहेको छ । त्यस्तो परीक्षण भइरहेका चारवटा स्थानहरुमध्ये अपस्टेट मेलिकल युनिभर्सिटी एउटा हो । अमेरिकामात्र कोरोना भ्याक्सिनको ५ बर्षमुनीका बालबालिकाहरुमा परीक्षण भइरहेको छ ।

संघीय सरकारले गत बुधबारदेखि १२ बर्षमाथिका सबैमा फाइजर भ्याक्सिन प्रयोगको अनुमति दिइसकेको छ । अब फाइजर त्योभन्दा कम उमेरका व्यक्तिमा पनि कोरोनाबिरुद्धको भ्याक्सिन परीक्षण संचालन गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५ बर्ष मुनीका बालबालिकाहरुमा पहिलो चरणको भ्याक्सिन परीक्षणका क्रममा भिन्सेन्जासहित १६ जना बालबालिकाहरुलाई यो भ्याक्सिन दिइएको थियो । ६ महिनादेखि २ बर्षसम्मकाहरुलाई भ्याक्सिन परीक्षण गरिएको जनाइएको छ । भिन्सेन्जाले पहिलो डोज भ्याक्सिन भने ८ महिना पुग्नभन्दा तीनसाता अगाडि नै लिएका थिए ।

अपस्टेट मेलिकल युनिभर्सिटीमा अन्य पाँचजना बालबालिकाहरुलाई पनि भ्याक्सिन परीक्षण गरिएको छ । भिन्सेन्जोका बुबाआमा दुबैजना चिकित्सक हुन् । भिन्सेन्जालाई भ्याक्सिन लगाइसकेपछि अहिलेसम्म कुनै पनि साइड इफेक्ट नदेखिएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com