केपी ओली प्रधानमन्त्रीमा पुनःनियुक्त


प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएका छन्। नेपालको संविधानको धारा ७६(३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएका हुन्।

वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । सोही दिन राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमतको संयुक्त सरकारका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन्।

तर बहुमतको संयुक्त सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय सीमामा कसैको दाबी नआएपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिएकी हुन्।

प्रतिनिधिसभामा अहिले नेकपा एमालेको १२१ मत छ।

जनता समाजवादी पार्टीले तत्काल सरकारमा जाने रुची नदेखाएपछि ओली अल्पमतको सरकारका प्रधानमन्त्री बनेका हुन् । अब ओलीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com