अमेरिकामा आजदेखि १२ बर्षमाथिका सबैलाई कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन


प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार

अमेरिकामा आज बिहिबारदेखि १२ बर्षमाथिकाहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन प्रदान गर्न सुरु गरिएको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्धको फाइजरको भ्याक्सिन १२ बर्षदेखि १५ बर्षसम्मकाहरुमा प्रयोगका लागि समेत अनुमति दिएपछि आजदेखि  वितरण हुने सुरु भएको हो । अब अमेरिकामा यो भ्याक्सिन १२ बर्षमाथिका सबैले लगाउन पाउने भएका छन् ।

अमेरिकामा १२ बर्षदेखिमाथिकालाई प्रयोगको अनुमति दिइएको फाइजर पहिलो र एकमात्र भ्याक्सिन हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले १२ बर्षदेखि माथिकाहरुलाई फाइजरको भ्याक्सिन तुरुन्त उपलब्ध गराउन राज्यहरुलाई आग्रह गरे अनुशार न्युयोर्क लगायतका राज्यहरुले आजदेखि उपलब्ध गराएका छन् । बालबालिकाहरुलाई भ्याक्सिन प्रदान गरिनुलाई सुरक्षित रुपमा विद्यालय संचालनका लागि निकै महत्वपूर्ण मानिएको छ ।

मार्चको अन्तिममा गरिएको फाइजरको क्लीनिकल परीक्षणमा २२ सय ६० जना १२ बर्षदेखि १५ सम्मका बालबालिकाहरु सहभागी थिए । उनीहरुमा भ्याक्सिन शतप्रतिशत प्रभावकारी पाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिसेम्बरमा प्रयोगको अनुमतिपछि अमेरिकामा फाइजर र मोडेर्ना भ्याक्सिन धमाधम वितरण भइरहेको छ । अमेरिकामा एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको भ्याक्सिनलाई पनि प्रयोगको अनुमति छ । मोडेर्ना र जोन्सन एण्ड जोन्सनको भ्याक्सिन भने १८ बर्षभन्दा माथिकाहरुलाईमात्र लगाउन अनुमति छ ।

त्यस्तै मेरिल्याण्डमा रहेको नोभाभ्याक्सले पनि १२ बर्षदेखि १७ बर्षसम्मका ३ हजारसम्ममा तेश्रो चरणको क्लीनिकल परीक्षण विस्तार गर्ने बताएको छ । उनीहरुलाई दुईडोज भ्याक्सिन वा सलाइन २१ दिनको अन्तरमा प्रदान गरिनेछ । यो भ्याक्सिनले भने अमेरिकामा प्रयोगको अनुमति पाएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com