अलबिदा अजय: जनवरीमा न्युयोर्कबाट बेपत्ता नेपाली युवाको शव भेटिएपछि आज अन्त्येष्टी


प्रकाशित मिति : बैशाख २७, २०७८ सोमबार

जनवरीको तेश्रो साता न्युयोर्कबाट हराएका नेपाली विद्यार्थी २२ बर्षीय अजय साहको शव भेटिएपछि आज परिवारको उपस्थीतिमा अन्त्येष्टी गरिएको छ । न्युजर्सीको समरसेट मेमोरियल पार्क मिमेट्रीमा अजयको अन्त्येष्टी गरिएको अन्तिम विदाईमा सहभागी अमित शाहले जानकारी दिए ।

अन्त्येष्टीमा अजयका बुबा महेन्द्र साह रौनियार र आमा ममतादेवी साह रौनियारको समेत उपस्थीति रहेको थियो । दुईदिन अगाडिमात्र अजयका बुबाआमा न्युयोर्क आइपुगेका थिए ।

अजयका परिवारप्रति समवेदना व्यक्त गर्दै अन्तेष्टीमा सहभागी

जनवरी २० को विहान झण्डै ५ बजे अन्तिमपटक ब्रुकलिन ब्रिजमा देखिएका अजयको शव हडसन रिभर र इष्ट रिभरको मिश्रण भएको बु्रकलिन ब्रिज नजिकैको पानीमा एंकरेज च्यानलमा भेटिएको थियो । उनको शव मार्च ९ मा नै फेला परेपनि पहिचान खुल्न नसकेकाले न्युयोर्क प्रहरीले अप्रिल २५ मा यसबारे मोरिस काउन्टीको प्रहरीलाई जानकारी दिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अजयप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अमित शाह

अजयको झोला सी ब्राइटमा भेटिएको थियो । समुन्द्रको किनारमा जाँदा एकजना व्यक्तिले झोला भेटाएपछि अप्रिलको अन्तिम साता अधिकारीहरुलाई बुझाएका थिए ।

त्यस क्षेत्रको सीसीटिभी फूटेज हेर्दा उनी ब्रिजमा ब्याकप्याकसहित एक्लै हिडेको देखिएको थियो । जनवरी १९ को राती १२ बजेतिर न्युजर्सीबाट न्युयोर्कको पेन स्टेशनमा आएको र न्युयोर्कको पेन स्टेशनबाट बाहिर सीसीटिभी फुटेजमा देखिएको थियो ।

पेन स्टेशनबाट बाहिर निस्केपछि अजय ब्रोडवे र बार्कलेमा देखिएका देखिएका थिए । न्युजर्सीको म्याडिसनमा रहेको ड्रिउ युनिभर्सिटीमा अध्ययनरत शाह म्याडिसनमै बस्दै आएका थिए ।

अजयको कोठामा गएर हेर्दा टेबुलमा आई लभ यु ममी लेखेको नोट भेटिएको थियो । तर उक्त नोटमा अरु केही नलेखिएको र रद्दीमा फ्याकिएको एउटा नोटमा उनले अब केही गर्ने बेला भएको व्यहोरा लेखेको भेटिएको थियो ।

अजयको अन्तिम विदाई गरिदै ।

पुख्यौली घर सिराहा रहेको र हाल उनको परिवार कीर्तिपुरमा बस्दै आएको जनाइएको छ । अजयले विगत साढे २ बर्षदेखि ड्रिउ युनिभर्सिटीमा अध्ययन गर्दै आएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com