मेरिल्याण्ड गोलीकाण्डमा ज्यान गुमाउने नेपाली पूर्ण छात्रबृत्तिमा आएका सागर


प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार

मेरिल्याण्ड भएको गोली काण्डमा ज्यान गुमाउने नेपालीको परिचय सार्वजनिक गरिएको छ । गोलीकाण्डमा आक्रमणकारीसहित ४ जनाको मृत्यु भएकोमा एकजना नेपाली समेत रहेका छन् । घिमिरे वाउन्टीमोर काउन्टीमा रहेको वुडल्यानमा वस्दै आएका थिए ।

गोली काण्डसंगै घरमा आगजनी समेत भएको थियो । आक्रमणकारीको भने प्रहरीको गोलीबाट निधन भएको हो । मानसिक स्वास्थ्यमा समस्या भएको व्यक्तिले चलाएको गोलीबाट घिमिरेको मृत्यु भएको हो ।

संखुवासभा स्थायी घर भएका २४ बर्षका घिमिरे यही अप्रिलमा साउथ क्यारोलिनाको अरेन्जबर्गमा रहेको क्लाफलिन युनिभर्सिटीबाट ग्रयाजुएट भएका थिए । उनी झण्डै एकसाता अगाडिमात्र वुडल्यान कम्प्लेक्समा बसाई सराई गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाल्टीमोर काउन्टी पुलिस डिपार्टमेन्टले प्रेस वक्तब्य जारी गर्दै मृतकहरुको पहिचान सार्वजनिक गरेको थियो । घटनामा मृत्यु हुने अन्य व्यक्ति ४१ र ३७ बर्षका रहेका छन् ।

घटनामा एक नेपालीको घर पूर्णरुपमा धवस्त भएको छ भने त्यहा कम्तिमा दुई घर पुरै र दुई घर आंशिक रुपमा जलेको बताइएको छ ।

घटनामा घाइते हुने नेपाली सर्लाहीका श्याम अधिकारी रहेको जनाइएको छ । उनी सन् २०१७ मा अमेरिका आएको जनाइएको छ ।

घटनामा घाइते श्याम अधिकारी । फोटो: प्रेमराजा महतको फेसबुकमा रहेको भिडियोबाट स्क्रीनशट ।

बन्दुकधारी अन्य नेपालीहरुलाई पनि लखेटेको र भागेर ज्यान बचाएको जनाइएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com