विभाजनतर्फ एमाले : माधव नेपालपक्षका २३ सांसदले गरे राजीनामा पत्रमा हस्ताक्षर


प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार

सत्तारुढ नेकपा एमालेभित्रको विवाद अन्ततः विभाजनको संघारमा पुगेको छ। अध्यक्ष केपी ओलीसँग भएका लगातारका वार्ता निष्कर्षविहीन भएपछि माधव नेपाल पक्षका सांसदहरुले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरुले आइतबार नै आफ्नो राजीनामापत्र संसद सचिवालयमा बुझाउने तयारी गरेका छन्।

प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। त्यसअघि नै ओलीलाई सरकारबाट हटाउन सजिलो पार्नेगरी २३ सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन्।

राजीनामा पत्रमा प्रत्यक्ष निर्वाचित सांसदहरुले मात्र हस्ताक्षर गरेका छन्। समानुपातिकतर्फका सांसदहरुले राजीनामा दिने–नदिनेबारे छलफल भइरहेको जनाइएको छ।

नेपालपक्षले फागुन २८ को निर्णय खारेज हुनुपर्ने र पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउनुपर्ने बटमलाइन राख्दै आएको थियो। केही समयका लागि भए पनि पार्टी पूरानो अवस्थामा फर्कनुपर्ने नेपाल पक्षको मागमा सुरुमा ओली सकारात्मक भएको बताइएपनि पछि ओलीआफ्नो अडानमा कायमै रहेपछि वार्ता टुंगोमा पुग्न नसकेको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्वोच्च अदालनले फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछिको एमालेमा ओलीले नेपालपक्षलाई पेलेर जाने नीति अख्तियार गरेका थिए। फागुन २८ गते आफूपक्षको बैठक राखेर ओलीले नेपालपक्षका नेताहरुलाई जिम्मेवारीविहीन पारेका थिए।

त्यसपछि विधानसमेत संशोधन गरेर नेपालसहित चार नेतालाई ६ महीनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको थियो भने ३० जना सांसदलाई स्पष्टीकरण सोधिएको थियो।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com