कोरोना महामारी : २४ घण्टामा थपिए ८२८७ संक्रमित, ५३ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा ८ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ। १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, कोरोना संक्रमणबाट शनिबार ५३ जनाको निधन भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट ३ हजार ६ सय ३२ जनाको निधन भएको छ।

मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या ८३ हजार ४ सय ९३ पुगेको छ। उनीहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा छन् ।

शनिबार ३ हजार ३ सय ७० संक्रमित निको भएका छन्।

मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये शनिबारसम्म २ लाख ९८ हजार ७ सय ६५ जना संक्रमणमुक्त भएका छन्। यस्तै, ३ सय ९८ जना क्वारेन्टाइनमा छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com