विश्वासको मत विफल बनाउने कांग्रेसको निर्णय


प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते लिन लागेको विश्वासको मत विफल पार्ने निर्णय गरेको छ। शनिबार नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकले विश्वासको मत विफल पार्ने निर्णय गरेको हो।

केही दिनअघि बसेको कांग्रेस पदाधिकारी बैठकले पनि विश्वासको मतको विपक्षमा जाने निर्णय गरेको थियो।

संसदीय दलको बैठकमा सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने विषयमासमेत छलफल भएको थियो।

प्रधानमन्त्रीले विश्वासको पाउन नसके लुम्बिनीमा जस्तै फेरि आफ्नै नेतृत्वमा सरकार बनाउने सम्भावना रहेको आँकलन गर्दै वैशाख २७ गते नै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी पनि गरेको छ।

अविश्वास प्रस्ताव दर्ता गराउने विषयमा कांग्रेसले माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधव नेपाल समूहलगायतसँग छलफल गरिरहेको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com