अमेरिकन सीडीसीबाट नेपाललाई कोरोना महामारीको उच्च जोखिम भएको मुलुकमा अपग्रेड


प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले नेपाललाई कोरोना महामारीको उच्च जोखिम भएको मुलुकमा सुचीकृत गरेको छ । यसअगाडि नेपाललाई ठिक्कको जोखिम भएको देशमा सुचीकृत गरेकोमा नेपालमा कोरोना संक्रमणदर तीब्र बनेपछि सीडीसीले नेपाललाई उच्च जोखिम भएको मुलुकमा अपग्रेड गरेको हो ।

सीडीसीले जोखिमलाई ४ भागमा विभाजन गरेकोमा ८० प्रतिशत मुलुकमा उच्च जोखिम रहेको निष्कर्ष निकालेको हो । कोरोना महामारीको न्यून जोखिम रहेका देशलाई पहिलो श्रेणी, ठिक्कको जोखिम रहेका देशलाई दोश्रो श्रेणी, उच्च जोखिम रहेका देशलाई तेश्रो श्रेणी र अतिउच्च जोखिम रहेका देशलाई चौथो श्रेणीमा राखिएको छ ।

सीडीसीले भारतलाई अति उच्च जोखिम रहेको चौथो श्रेणीमा राखेकोमा नेपाललाई पनि सोही श्रेणीमा नै राखेको हो । चीनलाई भने अमेरिकन सीडीसीले जोखिम कम भएको पहिलो श्रेणीमा राखेको छ ।

अफगानिस्तान लगायत ३५ वटा देशको महामारीको अवस्था अज्ञात रहेको भन्दै ती देशहरुमा अत्यावश्यकबाहेकका यात्रा नगर्न सीडीसीले सुझाव दिएको छ । नेपालसहित जापानलाई पनि अमेरिकाले उच्च जोखिम भएको देशमा सुचीकृत गरेको छ । यसअगाडि ठिक्कको जोखिममा रहेको भन्दै सुचिकृत गरिएका ५ देशलाई उच्च जोखिम भएको मुलुकमो सुचीमा राखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीडीसीको सुची अनुशार नै अमेरिकी विदेश मन्त्रालयले भने ट्राभल एड्भाइजरी जारी गर्दै आएको छ । सोही अनुशार अमेरिकाले नेपालका सन्दर्भमा शुक्रबार ट्राभल एड्भाइजरी पनि अपडेट गरेको छ । यद्यपी विश्वब्यापी रुपमा कोरोना महामारी फैलिरहेको अवस्थामा अमेरिकी विदेशमन्त्रालयले अधिकांश मुलुकका लागि चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गरेपनि नेपालका लागि भने तेश्रो स्तरको एड्भाइजरी जारी गरेको छ ।

अमेरिकी नागरिकलाई नेपालमा यात्रा गर्दा पुनर्विचार गर्न विदेश मन्त्रालयले सुझाव दिएको छ ।

यसैबीच बेलायतको यात्रा प्रतिबन्धको रेड लिष्टमा नेपाल पनि थपिएको छ । नेपालमा कोरोना संक्रमण तीव्र भईरहंदा बेलायतले शुक्रबार नेपालसहित टर्की र माल्दिभ्सलाई रेड लिष्टमा समावेस गरेको हो ।

यसअघि भारत, कतार र टर्की रेडलिष्टमा परेपछि नेपालसंगको हवाई सम्पर्क पनि विच्छेद जस्तै भएको छ । रेड लिष्टमा परेका मुलुकबाट बेलायत आउन प्रतिवन्ध रहनेछ । बेलायती नागरिक वा यहाँ स्थायी रुपमा बसोबास गर्नेहरुले भने कडा शर्तहरुसहित यात्रा गर्न छुट पाउनेछन् । ती यात्रुले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्नेछ र यसको खर्च १७५० पाउण्ड लाग्छ ।

त्यस अवधिमा दुई पटक पिसिआर टेस्ट गराउनु पर्नेछ । तर नतिजा नेगेटिभ आएपनि १० दिनको पूरै अवधि होटेल क्वारेन्टिनमै बिताउनुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com