केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’लाई रुसमा अन्तर्राष्ट्रिय अवार्ड


प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार

नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता (द सुज अफ अ लिटल गर्ल)’ले अर्को अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । केदार श्रेष्ठ निर्देशित फिल्मले रुसको फेस्टप्रो फिल्म फेस्टिभलमा बेस्ट सर्ट फिल्मको अवार्ड जितेको हो ।

रुसकै ‘द फाइनल स्ट्याण्ड’ले बेस्ट फिचर फिल्म, चिलीको ‘द ब्वाय एण्ड द माउण्टेन’ले बेस्ट एनिमेटेड फिल्म, जर्मनीको ‘टेल्स अफ लाइट’ले बेस्ट चिल्ड्रेन्स फिल्मको अवार्ड पाउँदा नेपालको ‘जुनुको जुत्ता’ उत्कृष्ट सर्ट फिल्म घोषित भएको हो ।

‘जुनुको जुत्ता’ले गत मार्चमा अमेरिकाको वामकिड्स फिल्म फेस्टिभलमा पनि बेस्ट लाइभ एक्सन सर्ट फिल्मको अवार्ड लिएको थियो । त्यस्तै अप्रिलमा बुसान इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल अन्तर्गत कोरियाको सिनेमा घरमा प्रदर्शन भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब इटाली, सिंगापुर र जर्मनीमा

‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय यात्राका क्रममा इटालीको फिल्म फेस्टिभल ‘कोर्टी अ पोन्टी’, सिंगारपुरको दशौं ‘सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’मा छनौट भइ यसै मे महिनामा प्रतिस्पर्धात्मक प्रदर्शन हुँदैछ ।

लगत्तै आउँदो जुनको पहिलो साता जर्मनीको अर्को प्रतिष्ठित फिल्म फेस्टिभल ‘सर्ट फिल्म फेस्टिभल–हमबर्ग’को मो एण्ड फ्रिस सेक्सन अन्तर्गत पनि प्रतिष्पर्धा गर्दैछ । यस फिल्मले गत वर्ष जर्मनीकै ६६ औं इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल–ओवरहोउसेनमा अवार्ड लिएको थियो ।

सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेनमा जर्मनी प्रतिष्पर्धा बाहेक अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा एक सय फिल्म छनौट गरिन्छ । जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधा अन्तर्गत छनौट भएको हो ।

‘जुनु’ पात्रमा केन्द्रित रहेर १० वर्षे यात्राको तयारी

योसँगै जुनु पात्रमा केन्द्रित रहेर अन्य चार सर्ट फिल्महरुको पनि तयारी भइरहेको छ । जुनुको फरक फरक उमेरको कथा बोक्ने आगामी फिल्महरु हरेक दुई दुई वर्षको अन्तरालमा छायाँकन हुनेछन् ।

करिब १० वर्षपछि फिल्मले पूर्णता पाउनेगरी जुनुको भूमिकामा रहेकी ६ वर्षे हिस्सी लामालाई १५÷१६ वर्ष उमेरसम्म कथाले पछ्याउनेछ । तर जुनु श्रृंखलको हरेक सर्ट फिल्म आफैमा पनि पूर्ण हुनेछन् ।

चप्पल उल्टो लगाउने सानी नानीको कथा

‘जुनुको जुत्ता’ जुत्ता’ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो । आफ्ना वरिपरीका आमा, शिक्षक लगायत ठूलाठालूले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ ।

जुनुको जुत्ताका लेखक तथा निर्देशक केदार श्रेष्ठ

विभु पौडेल र सुशान्त श्रेष्ठ प्रोड्युसर रहेको फिल्मको सरुन मानन्धर सिनेमाटोग्राफर हुन् । विप्लपराज पोखरेलको सम्पादन, किशोर आचार्यको साउण्ड डिजाइन, रिकेन महर्जनको संगीत रहेको फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् ।

फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्ककुमारी शर्मा लगायतको अभिनय छ । ‘जुनुको जुत्ता’लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठले लेखेका हुन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com