अमेरिकाबाट नेपालमा भ्याक्सिन सहयोगका लागि राज्य सांसद भण्डारीको हस्ताक्षर अभियान


प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार

नेपालमा भ्याक्सिन सहयोगका लागि अमेरिकी संसदलाई आव्हान गर्दै मेरिल्याण्डका राज्य सांसद ह्यारी भण्डारीले हस्ताक्षर अभियान सुरु गरेका छन् । नेपाललाई भ्याक्सिन, भेन्टिलेटर र अन्य स्वास्थ्य सामाग्री सहयोगका लागि आव्हान गर्दै यो अभियान सुरु गरिएको हो ।

चेन्ज डट ओर्गमा सुरु गरिएको हस्ताक्षर अभियानमा भनिएको छ हामी हाम्रा संघीय साझेदारहरुलाई राष्ट्रिय स्वास्थ्य संकट न्यूनीकरण गर्न खोप, भेन्टिलेटर र अन्य स्वास्थ्य सामाग्रीहरु तुरुन्त नेपाल पठाउन आग्रह गर्दछौं ।

नेपालमा कोरोना महामारी एकदमै छिटो बढिरहेको र भ्याक्सिन वितरण कार्य रोकिएको अवस्थामा अमेरिका समक्ष भ्याक्सिनको आग्रह गर्दै यो अभियान सुरु गरिएको हो ।

तपाई पनि हस्ताक्षर गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एकमहिना अगाडि नेपालको संक्रमणदर दैनिक झण्डै एकसयमात्र रहेकोमा बिहिबार सार्वजनिक रिपोर्टमा एकदिनमा ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जुन अहिलेसम्मकै धेरै हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी ।

बिहिबारमात्र सीएनएनले कोरोना महामारीका कारण नेपालको संकट भारतको भन्दा खराब हुनसक्ने विशेष कभर स्टोरी प्रकाशित गरेको थियो । गत सप्ताहन्तमामात्र नेपालमा कुल परीक्षण गरिएकाहरुमध्ये ४४ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

नेपालमा दैनिक संक्रमणदर भारतमा कोरोनाको दोश्रो लहर फैलिएको केहीसाता लगत्तै अप्रिलको मध्यबाट बढ्न थालेको हो । नेपालमा हरेक एकलाखमा कोरोना संक्रमणदर दुईसाताको अवधिमामात्र ७ गुणाभन्दा बढी बढेको छ ।

अप्रिलमा विश्वको ठूलोमध्येको धार्मिक जमघट भारतको कुम्भमेलामा नेपालीहरुले पनि सहभागिता जनाएका थिए । साथै घरघरमा र भारतीय सिमा क्षेत्रमा धार्मिक जमघटहरुमा पनि नेपालीहरु भेला भएका थिए । जसमा सहभागी नेपालका पूर्वराजा रानीहरु कोरोना संक्रमणका कारण अस्पतालमा उपचाररत रहेका छन् । त्यही समयमा उपत्यकामा पनि ठूला ठूला धार्मिक जमघटयुक्त उत्सवहरु भएका थिए । सहभागीहरुले बोकेका प्लेकार्डमा ज्यानभन्दा पनि चालपर्वहरु प्रिय भएको उल्लेख थियो ।

अप्रिल २४ मा कोरोना संक्रमण दर दैनिक २४ सय भन्दा धेरै पुग्दा समाचारहरु प्रधानमन्त्री ओलीले सन् २०१५ को महाभूकम्पबाट भत्किएको धरहराको उद्घाटन गरेको समाचारमा केन्द्रीत रहेका थिए । त्यसको पाँचदिनपछि कोरोना संक्रमणदर दोब्बर बढेर ४८ सय पुगेको थियो । अर्कोदिनदेखि सरकारले उपत्यकाब्यापी लकडाउन लागु गरेको थियो । लगत्तै अप्रिल ३० मा जारी सरकारी वक्तब्यमा महामारी थामिनसक्नुभएको उल्लेख थियो ।

भैरहवाको अस्पतालको दृश्य ।

नेपालमा महामारीको सुरुताका झण्डै ३ करोड जनताका लागि १५९५ आईसियु बेड र ४८० मात्र भेन्टिलेटर रहेका थिए । विश्व बैंकको तथ्यांक अनुार हरेक एकलाख जनसंख्याको लागि शुन्य दशमलव ७ प्रतिशत चिकित्सकमात्र रहेका छन् । भारतमा हरेक एकलाख जनसंख्याका लागि शुन्य दशमलव ९ प्रतिशत चिकित्सक छन् ।

शनिबारसम्म ७७ वटा जिल्लामध्ये २२ जिल्लाका अस्पतालहरुमा बिरामी राख्नका लागि बेडको अभाव भएको छ । भारतमा कोरोना महामारी निदर्यी बनिरहँदा नेपाल सरकारले पछिल्लो चरणमा केही कदमहरु चालेको छ । गतसाता विदेशबाट २० हजार अक्सिजन सिलिण्डरहरु अर्डर गरिएको थियो भने मंगलबारबाट नेपाली सेनाले भारतसँगको सिमाक्षेत्रमा स्वास्थ्य सुविधाहरुमा बृद्धि गरेको छ । सुदुरपश्चीममा २ हजार बेडहरुसहित २ सय बेडको आइसोलेसन केन्द्र थपिदैछ । तर त्यहाँ अक्सिजनको अभाव भएको जनाइएको छ ।

नेपालमा भारतको तुलनामा संक्रमणदर झण्डै दोब्बर रहेको छ भने ठूलो संख्यामा कोरोना संक्रमणका केसहरु रेकर्डमा छैनन् । सुरुका दिनमा परीक्षण कमजोर भएपनि पछि हरेकदिन २० हजारसम्मको परीक्षण प्रकृयामा लैजानसकिने क्षमता बृद्धि गरिएको थियो । सुरुका दिनमा परीक्षणका लागि स्वाबहरु हङकङ पठाइएको थियो ।

अर्कातर्फ नेपालमा भ्याक्सिन वितरण दर अत्यन्तै कम रहेको छ । कुल जनसंख्याको ७ दशमलव २ प्रतिशतलेमात्र कम्तीमा एकडोज भ्याक्सिन प्राप्त गरेका छन् । जुन भारतको भन्दा कम हो । भारतमा कुल जनसंख्याको १० प्रतिशतले कम्तीमा एकडोज भ्याक्सिन लगाएका छन् ।

झण्डै १६ लाखले भ्याक्सिनको दोश्रो डोजको प्रतिक्षा गरिरहेका छन् तर भ्याक्सिन स्टकमा छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com