आवेदकको गल्ती विना राज्यले दिएको बेरोजगारी विमाको बढी रकम फिर्ता गर्नु नपर्ने


प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार

आवेदकको गल्ती विना राज्यले दिएको बेरोजगारी विमाको बढी रकम फिर्ता गर्नु नपर्ने भएको छ । बाइडेन प्रशासनले बुधबार जारी गरेको निर्देशिका अनुशार आवेदकको गल्ती विना राज्यले दिएको बेरोजगारी विमाको बढी रकम फिर्ता नगर्नुपर्ने गरी मिनाहाका लागि राज्यलाई अधिकार दिइएको छ ।

राज्यहरुले आवेदकले पाउनुपर्नेभन्दा ६ दशमलव २ बिलियन डलर रकम बढी तिरेको रिपोर्ट रहेको छ । केही राज्यहरुले आवेदकको गल्ती विना नै आफ्नै गल्तीले आवेदकहरुलाई बढी रकम पठाएका थिए । उक्त रकम फिर्ता गर्न भन्दै राज्यहरुले आवेदकलाई पत्र समेत पठाएका थिए ।

अहिले संघीय लेबर डिपार्टमेन्टले राज्यहरुलाई आवेदकलाई उनीहरुको कुनै गल्ती विना तिरेको बढी राख्न उनीहरुसँगै राख्न दिनका लागि सुझाव दिएको छ । गतबर्षको अप्रिलदेखि राज्यले प्रदान गर्ने बेरोजगारी विमा रकमको अतिरिक्त संघीय सरकारबाट आवेदकलाई साप्ताहिक ६ सय डलर प्रदान गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क लेबर डिपार्टमेन्टले झुक्किएर कैयन आवेदकलाई साताको दुईपटक ६ सय डलर समेत पठाएको थियो । आवेदकको कुनै गल्तीविना राज्यले पठाएको यो रकम आवेदकलाई नै राख्न दिन बुधबारको निर्देशिका आएको हो । यसअगाडि न्युयोर्क राज्यले आवेदकले पाएको यो रकम फिर्ता गर्नु नपर्नेगरी मिनाहाका लागि डकुसाइनमार्फत फर्म भर्न लगाएको थियो । तर आर्थिक कठिनायीको अवस्था पुष्टी गर्न सकेको खण्डमा मात्र मिनाहा हुने प्रावधान रहेको थियो ।

यदि आवेदकले गलत विवरण बुझाएर वा झुठो बोलेर रकम प्राप्त गरेको खण्डमा भने अहिले पनि राज्यले तिरेको बढी रकम आवेदकले १५ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने प्रावधान रहेको छ । साथै अपराध गरेको अभियोगमा समेत कारवाही अगाडि बढाउन सकिने प्रावधान रहेको छ । तर आवेदकले गल्ती नगरी राज्यको गल्तीका कारण बढी रकम गएको भएमा भने आवेदकलाई कुनै कारवाही हुँदैन ।

यदि बुधबारको निर्देशिका अगाडि नै राज्यले आवेदकलाई बढी पठाएको रकम फिर्ता लिइसकेको भएमा राज्यले उक्त रकम आवेदकलाई नै पठाउने जनाइएको छ । राज्यहरुलाई वास्तविक जालसाजी गरेकाहरुमाथि ध्यान केन्द्रीत गर्नका लागि राज्यको गल्तीले पठाइएको बढी रकम मिनाहाका लागि निर्देशन दिइएको संघीय लेबर डिपार्टमेन्टले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com