६ महिनामात्र थपियो हैटीको टीपीएस अवधि, नेपालको थपिएला ?


प्रकाशित मिति : जेष्ठ १७, २०७४ बुधबार

अमेरिकामा बस्दै आएका भूकम्प प्रभावित हैटीका नागरिकका लागि अमेरिकी सरकारले प्रदान गरेको टीपीएस (टेम्पोरेरी प्रोटेक्टेड स्टेटस ) को अवधि जम्मा ६ महिना अर्थात् सन् २०१८ को जनवरीसम्मको लागि थपिएको छ ।

सन् २०१० को जनवरीमा हैटीमा गएको भूकम्पपछि अमेरिकामा रहेका हैटीका नागरिकका लागि अमेरिकी सरकारले प्रदान गरेको टीपीएस (टेम्पोरेरी प्रोटेक्टेड स्टेटस ) प्रदान गरेको थियो, जसका कारण अमेरिकामा रहेका कागजपत्रविहिन हैटीका नागरिकहरुले अमेरिकामा बसेर काम गर्ने अनुमति पाएका थिए ।

अमेरिकाका उपयुक्त सरकारी एजेन्सीहरुसँगको छलफलपछि हैटीका लागि टीपीएसको अवधि थपिएको अमेरिकी सरकारले जनाएको छ । सन् २०१८ को जनवरी २२ मा टीपीएसको अवधि सकिनुभन्दा ६० दिन अगाडि पुन थप्ने वा नथप्ने भन्ने विषयमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीले मुल्यांकन गर्ने जनाइएको छ ।

लामो समयको अन्यौलपछि हैटीका लागि टीपीएसको अवधि जम्मा ६ महिना थपिएको हो । नेपालका लागि टीपीएसको अवधि १८ महिना थपिएको थियो जुन सन् २०१८ को जुन २४ मा सकिदैछ । भूकम्पप्रभावित हैटीको टीपीएस अवधि जम्मा ६ महिनामात्र थपिएकाले नेपालको अवधि पुन थपिनेमा आशंका जन्मिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा ८ हजार ९ सय ५० जना नेपालीहरु टीपीएसबाट संरक्षित छन् । टीपीएसको अवधि नथपिएमा अन्य कानुनी स्टेटसका लागि आवेदन नदिएका वा नपाएका नेपालीहरुले पनि सन् २०१८ को जुन २४ पछि अमेरिका छाड्नुपर्नेछ ।

यस अगाडि टीपीएस प्राप्त गायना, लाइबेरिया र सिरिया लिओनका नागरिकलाई अमेरिकामा प्रदान गरिएको टीपीएसको अवधि थपिएको थिएन, जुन गत मे २० बाट सकिएको थियो ।

इबोला भाइरसका कारण ती देशका नागरिकहरुलाई अमेरिकामा टीपीएस प्रदान गरिएको थियो । तर अब इबोलाको खतरा नरहेको भन्दै टीपीएसको अवधि थपिएन । टीपीएसको अवधि नथपिएपछि टीपीएस प्राप्त ती देशका नागरिकहरु अमेरिकामा समस्यामा परेका छन् ।

सिरिया लिओनका ११८० जना, गायनाका ९३० जना र लाइबेरियाका २१६० जनाले अमेरिकामा टीपीएस लिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com