जुलाई ४ सम्म ७० प्रतिशत अमेरिकन बयस्कलाई भ्याक्सिन लगाउने बाइडेनको नयाँ लक्ष्य


प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार कोरोनाबिरुद्धको भ्याक्सिनको नयाँ लक्ष्य तय गरेका छन् । जस अनुशार आगामी जुलाई ४ सम्म अमेरिकामा ७० प्रतिशत बयस्कहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन प्रदान गर्ने लक्ष्य रहेको छ ।

जुलाई ४ अमेरिकाको जन्मदिन अर्थात् स्वतन्त्रता दिवश हो । यो दिनसम्म कम्तीमा ७० प्रतिशत अमेरिकनहरुलाई कम्तीमा एकडोज भ्याक्सिन उपलब्ध गराउने बाइडेन प्रशासनले नयाँ लक्ष्य तय गरेको हो । अहिले अमेरिकामा भ्याक्सिनको माग केही घटेको छ भने केही राज्यहरुले आफ्नालागि उपलब्ध आधा भन्दा धेरै भ्याक्सिन मगाएका छैनन् ।

तपाईको कोरोनासंक्रमणबाट सिकिस्त बिरामी हुने सम्भावना कम भएपनि तपाईले कोरोनाबिरुद्धको भ्याक्सिन लिनुपर्छ । यसलाई तपाईको जीवन र तपाईका प्रियजनहरुको जीवन बचाउनसक्छ । त्यसैले किन जोखिम उठाउनुहुन्छ? बाइडेनले ह्वाइटहाउसबाट भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनको लक्ष्य जुलाई ४ सम्म कम्तीमा १८१ मिलियन अमेरिकन बयस्कहरुलाई एउटामात्र डोज भएपनि प्रदान गर्नु रहेको छ । साथै १६० मिलियन बयस्कलाई पूर्णरुपमा भ्याक्सिन प्रदान गर्नु रहेको छ । अमेरिकामा ५६ प्रतिशतभन्दा बढी बयस्कहरुले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् ।

अमेरिकामा कुल १०६ मिलियनभन्दा बढीले पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने ६५ बर्षमाथिको जनसंख्या ८२ दशमलव ९ प्रतिशत रहेको छ । पूर्णरुपमा भ्याक्सिन लगाइसकेको यो जनसंख्या ६९ दशमलव ८ प्रतिशत रहेको छ ।

अहिले अमेरिकाले औषतमा हरेक दिन झण्डै १० लाख डोज भ्याक्सिनको पहिलो डोज लगाइरहेको छ । तीनसाता अगाडिको तुलनामा यो दर झण्डै आधाले कम हो । अमेरिकामा १२ बर्षमाथिकाहरुलाई भ्याक्सिन लगाउनका लागि फाइजरले आवेदन दिइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com