अमेरिकामा बयस्कहरुलाई धमाधम भ्याक्सिन, बालबालिकाहरु संक्रमित दर २२ प्रतिशत


प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार

अमेरिकामा बयस्कहरुले धमाधम भ्याक्सिन लगाइरहँदा बालबालिकाहरुमा भने कोरोना संक्रमण दर उच्च देखिएको छ । पछिल्लो तथ्यांक अनुशार कुल संक्रमितहरुमध्ये झण्डै २२ प्रतिशत बालबालिकाहरु रहेका छन् । जनवरीसम्म अमेरिकामा संक्रमित हुने बालबालिकाहरुको संख्या अत्यन्तै कम रहेको थियो ।

एकबर्ष अगाडि कुल संक्रमितहरुमध्ये बालबालिकाहरु ३ प्रतिशतमात्र रहेकोमा गत साताको तथ्यांक हेर्दा कुल संक्रमित मध्ये २२ दशमलव ४ प्रतिशत बालबालिकाहरु रहेका छन् । गतसाता अमेरिकामा ३ लाख १८ हजार ६ सय १ जना नयाँ संक्रमित थपिदा बालबालिकाहरु ७१ हजार ६ सय ४९ जना रहेका छन् ।

अमेरिकामा १६ बर्षभन्दा माथिकाहरुले धमाधम भ्याक्सिन लगाएपनि बालबालिकाहरुका लागि भ्याक्सिन उपलब्ध नहुँदा उनीहरुको संक्रमणको जोखिम समुहमा परेका छन् । कोरोनाको नयाँ प्रकारका बाबजुत विद्यालयका गतिविधि खुला गरिएका कारणपनि बालबालिकाहरुमा संक्रमण बढेको विश्लेषण गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्मको तथ्यांक हेर्दा भने गतबर्षदेखि अहिलेसम्म कुल संक्रमितमा ४ बर्षसम्मका बालबालिकाहरु २ दशमलव १ प्रतिशत र ५ देखि १७ बर्षसम्मकाहरु १० दशमलव १ प्रतिशत रहेका छन् । अमेरिकामा १७ बर्ष मुनीका संक्रमण पुष्टी हुनेहरुको कुल संख्या झण्डै ३१ लाख रहेको छ ।

सीडीसीको पछिल्लो तथ्यांक अनुशार अमेरिकामा सबैभन्दा बढी संक्रमित हुने उमेर समुह १८ बर्षदेखि २९ बर्षसम्मका छन् । कुल संक्रमितमध्ये २२ दशमलव ५ प्रतिशत संक्रमित यो उमेर समुहका रहेको तथ्यांकमा उल्लेख छ । अहिलेसम्म यो उमेरसमुहका ५७ लाख २९ हजार २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

अमेरिकामा अहिलेसम्म २४७ मिलियन डोज भ्याक्सिन लगाइसकिएको छ । १८ बर्षमाथिको कुल जनसंख्याको ५६ दशमलव ३ प्रतिशतले भ्याक्सिन लगाइसकेको छ भने कुल जनसंख्याको ४४ दशमलव ४ प्रतिशतले भ्याक्सिन लगाएका छन् । ६५ बर्षमाथिका ८२ दशमलव ८ प्रतिशतले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com