२४ घण्टामा थपिए ७३८८ संक्रमित, ३७ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३७ जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट एकै दिन मृत्यु हुने संख्या हालसम्मकै उच्च हो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ।

त्यसैगरी, सोमबार ७ हजार ३ सय ८८ जना संक्रमित थपिएका छन्। १६ हजार ६ सय ५८ जनाको पिसिआर र ५१८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा सात हजार ४४८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ।

काठमाडौं उपत्यकामा भक्तपुरमा २२२ , ललितपुरमा ५२२ र काठमाडौंमा २०२२ जना गरी २९२२ संक्रमित थपिएका छन्।

कुल संक्रमितमध्ये सोमबार ५४ हजार ४१ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा दुई हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या दुई लाख ८६ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ।

हाल २१२ जना संक्रमित क्वारेन्टाइनमा छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com