न्युयोर्कको रिजउडबाट २४ घण्टादेखि ६२ बर्षकी लक्ष्मी केसी बेपत्ता


प्रकाशित मिति : बैशाख १९, २०७८ आईतबार

न्युयोर्कको रिजउडबाट शनिबारदेखि बेपत्ता ६२ बर्षकी लक्ष्मी केसीको अवस्था अहिलेसम्म अज्ञात रहेको भन्दै परिवारका सदस्यहरुले खोजीका लागि सहयोग गरिदिन अपिल गरेका छन् । शनिबार मध्यान्ह १२ बजेतिर घरबाट केहीबेर हिडडुलका लागि निस्केपनि दिउसोसम्म नफर्केपछि खोजी सुरु गरिएको थियो ।

छोरी पुष्पा केसीले खसोखाससँग भन्नुभयो – ‘सधै खाना खाएर केहीबेर हिडडुलका लागि निस्कनुहुन्थ्यो । एकदुईघण्टा हिडेर घर फर्कनुहुन्थ्यो । तर दिउसो तीनचार बजेसम्म पनि नफर्केपछि हामीले उहाँको खोजी सुरु गरेका हौं । अहिलेसम्म पनि केही पत्ता लगाउन सकेका छैनौं ।’

अन्तिमपटक रिजउडमा नै देखिएको र त्यसपछिको कुनै जानकारी प्राप्त नभएको जनाइएको छ ।

झण्डै तीनमहिना अगाडि अमेरिका आउनुभएकी लक्ष्मी केसीसँग मोबाइल फोन पनि नरहेको र उहाँलाई घरका कसैको नम्बर पनि याद नभएकाले पत्ता लगाउन गाह्रो भएको परिवारले बताएको छ । परिवारका अनुशार उहाँको खोजीका लागि प्रहरी लगायत सम्बन्धित निकायमा खबर गरिसकिएको छ ।

प्रहरीले हिजो बेलुकादेखि खोजी कार्य जारी राखेपनि केही पत्ता लागेको छैन । उहाँ हिडडुलका लागि जानसक्ने सम्भावित क्षेत्रहरु लगायत पार्कहरुमा समेत खोजी गरिसकिएको छ । कसैले केही जानकारी प्राप्त गरेमा छोरी पुष्पा केसीको फोन नम्बर ६४६ ५२५ ०७६३ मा सुचना दिन अनुरोध गरिएको छ ।

न्युयोर्कका नेपालीहरुले पनि उहाँका खोजीका लागि सहयोग गरिरहेका छन् । तर पनि अहिलेसम्म फेला नपर्दा उहाँको परिवार चिन्तित बनेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com