काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ५ सय ९५ जनामा संक्रमण


प्रकाशित मिति : बैशाख १९, २०७८ आईतबार

कोरोना परीक्षणका लागि स्वाब संकलन गरिदै । फोटो : दीपेन्द्र ढुंगाना

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा सात हजार दुई सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र ६ सय २३ जनाको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा ७४ गरी सात हजार दुई सय ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

परीक्षण गरिएको सङ्ख्या र सङ्क्रमण पुष्टि भएको सङ्ख्यालाई प्रतिशतमा हेर्ने हो भने पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये झन्डै ४३ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै कोरोना सङ्क्रमणका कारण थप २७ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै एक हजार ६ सय १२ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८३ हजार नौ सय ९४ पुगेको छ । अहिले ४८ हजार सात सय ११ जना सक्रिय सङ्क्रमित रहेकोमध्ये चार सय ७७ जना आइसोलेशनमा र एक सय १३१ जना भेन्टिलेटरमा छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com