शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त


प्रकाशित मिति : बैशाख १९, २०७८ आईतबार

लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा शंकर पोखरेल पुनःनियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नेपालको संविधानकोधारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

लुम्बिनी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलका अनुसार पोखरेललाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता शंकर पोखरेलज्यूले आफ्नो नेतृत्वमा नेपालका संविधानको धारा १६८ (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित माननीय प्रदेश प्रमुखसमक्ष दावी पेश गर्नुभएको थियो,’ प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको दिन आइतबार नै पोखरेलले राजीनामा दिएका थिए। बैठकमा अविश्वासको प्रस्ताव पेश हुने कार्यसूची थियो। पोखरेलले आइतबार नै प्रदेश सभा अधिवेशन अन्त्य गरिसकेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com