एमालेका वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को संक्रमण देखिएको छ। पिसिआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
नेता खनाललाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ। यसअघि उनलाई संक्रमण भएपछि मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको थियो।
संक्रमणको दोस्रो लहर आएपछि धेरै मानिसलाई संक्रमण हुन थालेको छ। सरकारकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापामा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ। यस्तै, एमालेका पूराना नेता मोदनाथ प्रश्रितमा पनि संक्रमण पुष्टि भएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।