अमेरिकामा श्रीमती छोडेर विदेशी अँगाल्दा ‘होमलेस’ भएका पुरुषको कथामा म्युजिक भिडियो


प्रकाशित मिति : बैशाख १२, २०७८ आईतबार

एक दर्जनभन्दा बढी नेपाली फिल्म तथा दर्जनौं नाटकहरुमा अभिनय गरेका अमेरिका निवासी कलाकार सुबास थापाको अभिनय र निर्देशनमा म्यजिक भिडियो सार्वजनिक भएको छ । थापाले पहिलोपटक निर्देशन गरेको यो भिडियोमा श्रीमती छोडेर विदेशी महिलासंग सम्बन्ध राख्दा घरबार बिहिन भएका पुरुषको कथालाई देखाइएको छ ।

धेरैको वास्तविक जीवनसंग यो कथा मेल खाने निर्देशक थापाले बताएका छन् । ‘कुल्चि हिंड्छन् फूललाई’ बोलेको यो गीतमा छवी न्यौपानेको स्वर र खेम रिजालको शब्द रहेको छ । गीतमा कर्मा ग्याल्जेन बमजनको संगीत रहेको छ ।

भिडियोलाई सिनेमाटोग्राफर तोरी राइसले छायांकन गरेकी छिन् भने मेकअप पाटी क्यूरीको रहेको छ । अराज केशवको सम्पादन रहेको भिडियोमा निर्देशक थापासंगै बिनिता खड्का थापा, शेली , प्याट्रिक र क्रिष्टिनाको अभिनय रहेको छ ।

अमेरिकामा रहेका नेपाली कलाकारहरुले कलाकारितालाई निरन्तरता दिने क्रममा पछिल्लो चरणमा गीतसंगीत र म्युजिक भिडियो निकाल्ने क्रम बढेको छ । यसै क्रममा कलाकार थापाको यो भिडियो सार्वजनिक भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com