बेरोजगारी विमा रकम बढी पाएर फिर्ता गर्न जानकारी आएकाले यसरी दिनुहोस् छुटका लागि आवेदन


प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार

न्युयोर्क लेबर डिपार्टमेन्टले बेरोजगारी विमा रकम लिइरहेका कैयनलाई गल्तीले बढी रकम पठाइएको भन्दै फिर्ता गर्न सुचित गरेकोमा आर्थिक समस्याको सामना गरिरहेकाहरुले उक्त रकम फिर्ता नगरी छुटका लागि अनुरोध गर्न सक्ने भएका छन् । छुटका लागि गरिएको अनुरोध स्वीकृत भएको खण्डमा उक्त रकम फिर्ता गर्नुनपर्ने जनाइएको छ ।

डिपार्टमेन्ट अफ लेवरले गतबर्षको अप्रिलमा गल्तीले बेरोजगारी विमा रकमका अतिरिक्त संघीय सरकारबाट प्रदान गरिएको साप्ताहिक ६ सय डलर कैयन विमा आवेदकहरुलाई दुईपटक पठाएको थियो । त्यसमध्येको एउटा ६ सय डलर फिर्ता गर्नका लागि सुचित गर्दै न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले आवेदकहरुलाई पत्र पठाएको छ ।

उक्त रकम फिर्ता नगरी छुटका लागि आवेदन दिनका लागि डिपार्टमेन्ट अफ लेवरले डकुसाइनमार्फत इमेल समेत पठाएको छ । उक्त इमेलमा प्राप्त फर्ममा रोजगारको स्थीति, आम्दानीको श्रोत, साथीहरु लगायतबाट भएको सहयोग, खर्चका विवरणहरु लगायत भरेर फिर्ता गर्नुपर्ने रकम छुटका लागि आवेदन दिन सकिनेछ । रकम फिर्ता गर्दा समस्या हुने ठहर भएको खण्डमा उक्त रकम फिर्ता गर्नुपर्नेछैन ।

यदि डकुसाइनमार्फत छुटका लागि इमेल प्राप्त नभएको खण्डमा हुलाकमार्फत वा अनलाइन एकाउन्टमार्फत उक्त फर्मका लागि अनुरोध गर्न सकिनेछ । हुलाकमार्फत अनुरोध गर्दा पत्रमा सोसल सेक्युरिटी नम्बर र हालको इमेल ठेगाना समावेश गर्नुपर्छ । अनलाइन एकाउन्टमार्फत अनुरोध गर्दा इन्बक्स सेक्सनमा गएर विषयमा वेभर छनौट गरेर सोसल सेक्युरिटी नम्बर र इमेल ठेगानासहित पठाउनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघीय महामारी बेरोजगारी क्षतिपूर्ति, महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति, महामारी बेरोजगारी सहायता लगायतका कार्यक्रम अन्तरगत बढी रकम प्राप्त भएकाहरुले छुटका लागि अनुरोध गर्नसक्ने जनाइएको छ । छुटका लागि आवेदन गर्न नचाहनेहरुले जति रकम बढी प्राप्त भएको हो उक्त रकमको चेक वा मनी अर्डर बनाएर न्युयोर्क डिपार्टमेन्ट अफ लेवरको ठेगानामा पठाउनुपर्छ । यसरी पठाउँदा चेकमा सोसल सेक्युरिटी नम्बर समावेश गर्न जरुरी छ ।

यदि पूरै रकम एकैपटक तिर्न सक्ने अवस्था नरहेको खण्डमा ८०० ५३३ ६६०० मा फोन सम्पर्क गरेर कहिले कहिले रकम तिर्ने भन्ने सन्दर्भमा योजना बनाउन सकिनेछ । वा बेरोजगारी विमा विभागमा पत्र लेखेर पनि त्यस्तो अनुरोध गर्न सकिनेछ । आवेदकले जानाजान नगरेको सन्दर्भमा बढी पठाइएको रकम फिर्ता नहुदासम्मका लागि आवेदकले प्राप्त गर्ने साप्ताहिक रकममा २० प्रतिशत कटौती गरेर पठाइने डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । जानाजान बढी रकम प्राप्त गरेको भएमा उक्त रकम रिकभर नहुँदासम्म साप्ताहिक रकममा शतप्रतिशत नै कटौती गरिनेछ ।

न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले बढी रकम पठाइएको भन्र्दै गत साता आवेदकहरुलाई सन्देश पठाएको थियो भने त्यसपछि हुलाकमार्फत कति रकम बढी पठाइएको हो जानकारी सहित पत्र पठाइरहेको छ । कतिपय बढी रकम नलिएकाहरुले पनि आफूहरुलाई इमेल वा टेक्स्टमार्फत उक्त सन्देश आएको भन्दै अन्यौल व्यक्त गरेका छन् । समयमै छुटका लागि दिइएका आवेदनका सन्दर्भमा न्युयोर्क डिपार्टमेन्ट अफ लेबरले ३० दिनपछि पेमेन्ट रिकभर गर्न सुरु गर्ने जनाइएको छ ।

न्युयोर्क डिपार्टमेन्ट अफ लेवरका तर्फबाट पठाइएको सन्देशमा भनिएको छ – ‘न्युयोर्कबासीहरुले उनीहरु योग्य भएको सुविधा रकम प्राप्त गरिरहेको निश्चित गर्नका लागि हाम्रो रेकर्ड पुनरावलोकन गर्दा हामीले तपाईको एकाउन्टमा ओभरपेमेन्ट भएको पत्ता लगाएका छौं । यो डुप्लीकेट पेमेन्ट न्युयोर्कबासीलाई छिटो भन्दा छिटो सुविधा रकम उपलब्ध गराउने क्रममा भएको हो । तर संघीय कानून अनुशार न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले ओभरपेमेन्ट रकम फिर्ता लिन जरुरी हुन्छ ।’

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com