आप्रवासीहरु नै न्युयोर्क सिटीका आधार: न्युयोर्क सिटीबाट आप्रवासी समुदायलाई आफ्नै भाषामा सेवाश्रोत


प्रकाशित मिति : बैशाख ५, २०७८ आईतबार

Mayor’s Office of Immigrant Affairs Commissioner Bitta Mostofi portrait at 253 Broadway on Wednesday, May 16, 2018. Michael Appleton/Mayoral Photography Office

– बिट्टा मोस्तोफी

आप्रवासीहरू सधैभरी न्युयोर्क शहरका आधारका रुपमा रहदै आएका छन् । न्युयोर्क सिटीका पाँचवटा बरोमा २ सय भन्दा बढी भाषाहरू बोलिन्छन् र हरेक तीनजनामा एकजना न्युयोर्कवासीको विदेशमा जन्म भएको हो। आप्रवासीहरूले हाम्रो अर्थव्यवस्थालाई सुदृढ बनाउँछन्, उनीहरूले हामीलाई अझ राम्रो र स्वागतयोग्य शहर बनाउँछन् र उनीहरूले हाम्रा समुदायहरूलाई बढी जीवन्त बनाउँछन्।

आप्रवासी विरासत सप्ताह मनाउँदै मनाउँदै गर्दा न्युयोर्क शहरमा यो महिना हामी इतिहास, संस्कृति र आप्रवासी समुदायहरूका महत्त्वपूर्ण योगदानहरू मनाउँछौं, जसलाई कोभिड १९ महामारीले हरेक तरहले प्रभाव पारेको छ । धेरै आप्रवासीहरू अत्यावश्यक कामदारहरू भएका छन्, जसमा हामी शहर संचालनका लागि भर परेका छौं । र अनगिन्ती व्यक्तिहरूले स्वयंसेवकहरूको रूपमा उनीहरूको समुदायको आवश्यकतालाई सीधा सम्बोधन गर्न कदम चालेका छन् । जून २०२१ मा आप्रवासी विरासत महिनाको राष्ट्रिय उत्सव मनाउँदै गर्दा महामारीको बेलामा आफ्नो समुदायका लागि महत्वपूर्ण भूमिका खेलेका आप्रवासी न्युयोर्कवासीका केही कथाहरू यहाँहरु समक्ष बाँड्न पाउँदा मलाई गर्व लागेको छ ।

१९७३ देखि काम गर्दै आएका कार्लोस एस्पिनोजाले एल्महस्र्ट क्वीन्समा बेकरी संचालन गर्दै आएका छन् । महामारीको बेलामा समेत  कार्लोसले आफ्नो बेकरी खुला राखेका थिए भने खाना आवश्यक भएका समुदायका सदस्यहरूलाई निशुल्क भोजन पनि उपलब्ध गराए । त्यस्तैगरी, न्युयोर्क शहरले खाद्य सुरक्षा लगायत न्युयोर्कवासीको बढ्दो आवश्यकताहरूलाई सम्बोधनमा यसको महत्त्वपूर्ण भूमिकालाई मान्यता दिन्छ । कोभिड १९ महामारीको चुनौति सामना गरिरहँदा कुनै पनि अध्यागमन अवस्था भएका आवश्यकतामा रहेका न्युयोर्कबासीहरुले पाँचवटै बरोमा रहेका निशुल्क खाद्य वितरण स्थलहरुमा पहुच कायम गर्न सक्छन् । साथै घरमै डेलिभरीका लागि समेत योग्य हुनसक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निशुल्क खानाका लागि यहाँ क्लीक गर्नुहोला ।

क्लाउडिया भेर्डिनर्सले सुरक्षित र सुचित रहने कुराको सुनिश्चितताका लागि महामारीमा समुदायलाई सहयोग पुर्याउने काम पनि गरिरहेकी छन ।  क्रियोल भाषा बोल्ने समुदायका  सदस्यहरू महामारीसित सम्बन्धित घटनाक्रम र स्रोतहरूबारे अनजान रहेको बुझेपछि र र साक्षरतामा रहेको खाडललाई सम्बोधन गर्न क्लाउडियाले आप्रवासी समुदायमा व्यापक प्रयोग हुने मेसेन्जर प्लेटफार्म ह्वाट्सएपमा भ्वाइस मेसेज रेकर्ड र शेयर गर्दै ताजाताजा सुचनाहरु र निर्देशिकाहरु उक्त समुदायमा पुर्याइन् । क्लाउडियालाई धन्यबाद छ. । उनको सहयोगमा ब्रुकलिनको क्यानारसीमा रहेको उनको समुदायका धेरैले भाडासहायता कार्यक्रम, भाडा तिर्न नसक्दा घरनिकाला हुनबाट बचाउने सेवा लगायत कोभिड १९ महामारी सम्बन्धित श्रोत र नीतिहरुका बारेमा जानकारीहरुमा पहुच कायम गर्नसके । यद्यपि  यो बोझ स्वयंसेवकहरूमा निर्भर हुनु हुँदैन। त्यसैले तपाईंले बोल्ने भाषा जुनसुकै भए पनि र तपाईंको आप्रवासी स्थिति जस्तो भएपनि यी स्रोत र संरक्षणहरू सबै न्यू योर्कवासीका लागि उपलब्ध रहेको सिटीले सुनिश्चित गरेको छ ।  आवासीय सुविधामा कसरी पहुच कायम गर्ने लगायत अन्य सिटीका सेवाबारे कुनै प्रश्न हुने न्युयोर्कबासीले ३११ मा फोन गरेर टेनान्ट हेल्पलाइन मागेर आफ्नै भाषामा सहायता प्राप्त गर्न सक्छन् ।  वा टेनेन्ट रिसोर्स पोर्टलमा जान सकिन्छ।

म्यान होङ वान जस्ता आप्रवासी न्युयोर्कवासीले आफ्नो समुदायको स्वास्थ्य बचाउनका लागि निकै सहायता गरे । हङ ङमा जन्मिएका न्युयोर्कवासी होङ वानले महामारी सुरु भएदेखि नै अग्रमोर्चामा रहेर म्यानहटनको चाइना टाउनमा न्युयोर्क सिटी हेल्थ एण्ड हस्पिटल / सामुदायिक केयरमा नर्सको रूपमा काम गरे । महामारी उच्चतम बिन्दुमा पुगेको बेला क्यान्टोनिज भाषी बिरामीहरूको एकमात्र मानव सम्पर्कका रुपमा रहेर उनले बिरामीहरुले उनीहरुले पाउनुपर्ने उचित हेरविचार पाए नपाएको सुनिश्चित गर्न फोनमार्फत र व्यक्तिगत रुपमा जाँचबुझ गर्न अतिरिक्त मिहिनेत गरे ।

विशेषत सार्वजनिक स्वास्थ्य संकटको बेलामा सबैले सुलभ र व्यापक चिकित्सा हेरचाह प्राप्त गर्न महत्वपूर्ण छ । त्यसैले सबै न्युयोर्कवासीले जुनसुकै अध्यागमन अवस्था रहेपनि न्युयोर्क सिटी हेल्थ एण्ड हस्पिटलहरूमा ८४४ ६९२ ४६९२ मा कल गरेर स्वास्थ्य हेरचाह प्राप्त गर्न सक्छन् ।त्यसका अतिरिक्त स्वास्थ्यविमाका लागि योग्य नभएका वा तिर्न नसक्ने न्युयोर्कवासीहरु सस्तो वा निशुल्क सेवाका लागि एनवाईसी केयरमार्फत ५ वटै बरोमा रहेका न्युयोर्क सिटी हेल्थ एण्ड हस्पिटलहरूमार्फत सस्तो वा निशुल्क सेवा प्राप्त गर्न योग्य हुनसक्छन् । उक्त सेवा पाउनका लागि आफूलाई दर्ता गर्न ६४६ ६९२ २२७३ मा कल गर्नुहोस्‌ वा थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला

यी त केबल छिमेक र समुदायलाई सहयोग गरिरहेका आप्रवासीहरुका असंख्य कथामध्येका केही कथाहरुमात्र हुन् । उनीहरुका कथा केबल एकता नै हाम्रो बल भएको स्मरण गराउनका लागि हो । त्यसैले न्युयोर्कबासीले यो बुझ्न महत्वपूर्ण छ  उनीहरुले बोल्ने भाषामा  सिटीका कैयन सेवा र श्रोतहरुमा कुनै पनि बेला पहुच कायम गर्न सकिन्छ । अध्यागमन स्थिति, तिर्ने क्षमता र रोजगारको स्थितिले फरक पार्दैन। सिटीका सेवाहरूमा कसरी पहुँच बनाउने बारेमा प्रश्नहरू छन् ? यहाँ क्लीक गर्नुहोला ।  वा न्युयोर्क सिटी मेयरको आप्रवासी मामिलासम्बन्धी कार्यालयको हटलाइन २१२ ७८८ ७६५४ मा सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म फोन गर्नुहोस् वा [email protected] मा इमेल पठाउनुहोस्।

यद्यपी हामीले पार गर्नुपर्ने कैयन चुनौतिहरु छन् । हामीले एकसाथ मिलेर न्यायसंगत पुनप्राप्ती निर्माण गर्नेछौं जसले हाम्रो सिटीलाई यो महामारीबाट अझ बलियो रुपमा उदय गराउँछ ।

कार्लोस, क्लाउडिया र म्यानको थप कथा जान्न र शेयर गर्न यहाँ क्लीक गर्नुहोला ।

(न्युयोर्क सिटी मेयरको आप्रवासी मामिलासम्बन्धी कार्यालय (MOIA) की कमिश्नर हुन् । यो लेख सुरुमा क्वीन्स क्रोनिकलमा प्रकाशित भएको थियो।)

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com