टेक्सासमा मारिएका व्यक्ति पोखराका रमेश थापा, आक्रमणकारी पक्राउ, १० लाख डलर धरौटी तय


प्रकाशित मिति : चैत्र २६, २०७७ बिहीबार

टेक्सासमा एकजना नेपाली रमेश थापालाई गोली हानेर हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २२ बर्षको फ्रान्सिस ओनियललाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त व्यक्तिलाई पहिलो डिग्री हत्या र दोश्रो डिग्री खतरनाक हतियारबाट आक्रमण गरेको अभियोग लगाइएको बिहिबार युएस मार्शलले जनाएको छ । मंगलबार राती उक्त व्यक्तिले ब्लफ स्प्रींग रोडमा रहेको कन्कर्ड अपार्टमेन्टमा पोखराका ३९ बर्षीय रमेश थापालाई गोली हानी हत्या गरेको थियो ।

अष्टिन प्रहरीले मारिएका व्यक्ति नेपाली रमेश थापा भएको बिहिबारमात्र सार्वजनिक गरेको हो । कम्प्लेक्सको पार्किङ लटमा थापामाथि आक्रमण भएको थियो । त्यसपछि लगत्तै घटनास्थलमा आपतकालिन टिम पुगेर बचाउने प्रयास गरेपनि बचाउन नसकिएपछि उनलाई घटनास्थलमा नै मृत घोषणा गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनास्थलबाट आक्रमणकारी सेतो सेडानमा चढेर फरार भएको थियो । आक्रमणकारीले अप्रिल ५ मा पनि माक्र्वीस पार्कसाइड अपार्टमेन्टमा गोली चलाएको जनाइएको छ । घटनास्थलबाट भागेपछि बुधबार प्रहरीले आक्रमणकारीका नाममा पक्राउ वारेन्ट जारी गरेको थियो ।

आक्रमणकारीको धरौटी १० लाख डलर तय गरिएको छ । जसमध्ये साढे ७ लाख डलर हत्या र साढे २ लाख डलर आक्रमणको अभियोगमा रहेको छ । आक्रमणकारीलाई ट्राभिस काउन्टी जेलमा राखिएको छ ।

पोखरा महानगरपालिदका १८ सराङकोट पंदेली स्थायी घर घएका थापा ११ बर्षदेखि टेक्सासको अस्टिनमा बस्दै आएका थिए । कामबाट घर फर्किदै गर्ने क्रममा आफ्नै अपार्टमेन्टको पार्किङ लटमा उनीमाथि गोली हानिएको थियो । थापाका श्रीमति र १३ बर्षका छोरा नेपालमा रहेका छन् ।

दाहसंस्कार र परिवारको सहयोगका लागि ग्रेटर अष्टिन नेपाली सोसाइटीका तर्फबाट गोफण्डमीमा अभियान संचालन गरिएको छ । २५ हजार डलरको लक्ष्यसहित सुरु अभियानमा यो समाचार तयार पार्दासम्म ९ हजार २ सय डलर संकलन भएको छ ।

तपाईपनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com