जोन्सन एण्ड जोन्सनको अर्को ६२ मिलियन डोज भ्याक्सिन पनि आष्ट्राजेनेकासँग मिसिएको आशंका


प्रकाशित मिति : चैत्र २५, २०७७ बुधबार

जोन्सन एण्ड जोन्सनको अर्को ६२ मिलियन डोज भ्याक्सिन पनि फ्याक्नुपर्ने जोखिममा रहेको छ । यसअगाडि १५ मिलियन डोज भ्याक्सिन अमेरिकाको बाल्टिमोरमा रहेको फ्याक्ट्रीमा भ्याक्सिन निर्माणका लागि आवश्यक तत्वहरुको मिक्सअपपछि फ्याकिएको थियो ।

कम्पनीको बाल्टिमोरमा रहेको उत्पादन केन्द्रमा अरु ६२ मिलियन डोज भ्याक्सिनपनि खराब भएको आंशका गरेर परीक्षण गरिने भएको छ । परीक्षण गर्दा मिसिएको पुष्टी भएमा सबै भ्याक्सिन फ्याक्नुपर्ने जनाइएको छ ।

यी भ्याक्सिनका कुनैपनि डोजहरु सर्वसाधारणहरुलाई वितरण भने गरिएको छैन । विगतमा १५ मिलियन डोज जोन्सन एण्ड जोन्सनको भ्याक्सिन कोरोनाबिरुद्धको अर्को भ्याक्सिन आष्ट्राजेनेकासँग तत्वको मिश्रण भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाल्टिमोरमा रहेको भ्याक्सिनको उत्पादन केन्द्र इमर्जिङ बायोसोलुसनमा कर्मचारीहरुले भ्याक्सिनका दुइवटा प्रकारहरु मिक्सअप गरेका थिए । एफडीएको अनुसन्धानका कारण जोन्सन एण्ड जोन्सनको भ्याक्सिनको वितरणमा ढिलाई गरिएको छ । भ्याक्सिनमा भएको यो नोक्सानीले मेसम्म अमेरिकामा सबैलाई भ्याक्सिन दिइसक्ने योजना प्रभावित नहुने अधिकारीहरुले बताएका छन् ।

यसैसातादेखि अमेरिकामा प्राय सबै राज्यमा १६ बर्षमाथिका सबै कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्न योग्य बनाइएको छ । जोन्सन एण्ड जोन्सनले यसैबर्षको अन्त्यसम्ममा भ्याक्सिनका १ बिलियन डोज डेलिभर गर्ने योजना बनाएको छ । अहिले अमेरिकाभर वितरण गरिएका जोन्सन एण्ड जोन्सनका डोजहरु भने नेदरल्याण्डसमा उत्पादन गरिएका हुन् ।

तर अप्रिलमा वितरणका लागि अमेरिकाको बाल्टिमोरमा रहेको उत्पादन केन्द्र इमर्जिङ बायोसोलुसनमा भ्याक्सिन उत्पादनको काम भइरहेको थियो । ती भ्याक्सिन अप्रिलमा अमेरिकाभर वितरण गर्ने योजना बनाइएको थियो । इमर्जिङ बायोसोलुसन जोन्सन एण्ड जोन्सन र आष्ट्राजेनेका भ्याक्सिन दुबैको पार्टनर कम्पनी हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com