पत्रकार महासंघका पूर्वअध्यक्षहरुले भने–महासंघलाई राजनीतिक दलको स्वार्थबाट जोगाउन आवश्यक


प्रकाशित मिति : चैत्र २४, २०७७ मंगलबार

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरुले महासंघलाई सरकारको प्रतिछायाँ तथा राजनीतिक दलको स्वार्थबाट जोगाउन र समाजको निरन्तर लोकतान्त्रिकरणका लागि वैचारिक दिशाबोध गर्न सक्ने बनाईराख्न आवश्यक रहेको बताएका छन्।महासंघ निर्वाचनको पूर्वसन्ध्यामा संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले प्रेस स्वतन्त्रता अहिले पनि चौतर्फी चुनौतीको घेरामा रहेको र यसको रक्षाका लागि महासंघका सबै तहमा जुझारु र निष्ठावान नेतृत्व आवश्यक रहेको बताएका हुन्।

उनीहरुले अपील जारी गर्दै भनेका छन्, ‘ स्वतन्त्र एवं बहुलवादी प्रेस र पत्रकारहरुको सुरक्षा र अधिकारको विषयमा कतै पनि सम्झौता नगर्ने नागरिक अधिकार र लोकतन्त्रका पहरेदार हुनसक्ने सक्षम नेतृत्वलाई आफ्नो विवेकको मतदान गर्न पनि हामी तमाम पत्रकार साथीहरुमा हार्दिक अपील गर्दछौं।’

पत्रकार महासंघमा नयाँ नेतृत्व चयन गर्न बुधबार निर्वाचन हुँदैछ । यसपटक प्रत्यक्ष प्रणालीमा निर्वाचन हुन लागेको हो । निर्वाचनमा निर्मला शर्मा र विपुल पोखरेल नेतृत्वको प्यानलबीच मुख्य प्रतिस्पर्धा छ। अध्यक्षमा स्वतन्त्रतर्फ गजेन्द्र बुढाथोकी पनि मैदानमा छन्।

यस्तो छ नेपाल पत्रकार महासंघका पूर्वसभापति/अध्यक्षहरुको आह्वान

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com