नेपाल–खनाल समूहले घोषणा गर्‍यो बागमती प्रदेशमा समानान्तर कमिटी (सूचीसहित)


प्रकाशित मिति : चैत्र २४, २०७७ मंगलबार

नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ। मंगलबार काठमाडौंमा बसेको बैठकले अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय बागमती प्रदेश कमिटी घोषणा गरेको हो।

कमिटीका सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं चयन भएका छन्। त्यस्तै, सचिवमा रचना खड्का चयन भएकी छिन्।

समानान्तर कमिटी गठनलाई तीव्रता दिएको यो समूहले बागमतीका १३ जिल्लामा समानान्तर कमिटी घोषणा गरेको छ।

यसअघि यो समूहले महिला संघ, युवा संघ, अखिल, खेलकुद महासंघ, उत्पीडित जातीय मुक्ति समाजलगायत जनवर्गीय संगठनमा समानान्तर केन्द्रीय कमिटी गठन गरिसकेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओलीलाई जसले त्वम्शरणम् गर्छ, उसैले मात्र अवसर पाउँछ : माधव नेपाल
यसैबीच, सो बैठकलाई सम्बोधन गर्दै नेता माधवकुमार नेपालले केपी ओलीलाई जसले त्वम्शरणम् गर्छ उसैले मात्र अवसर पाउने बताएका छन्। उनले ओलीविरुद्ध दृढताका साथ उभिन पनि आग्रह गरे।

‘ओलीको टाङमुनि छिर्ने, आत्मसमर्पण गर्ने हो भने बेग्लै कुरा, पार्टी द्वन्द्वबाट आत्तिएर निरशा हुने हो भने बेग्लै कुरा, होइन भने दृढताका साथ उभिनुपर्छ, आन्दोलनमा होमिनुपर्छ,’ उनले भने।

उनले ओली नेतृत्वको एमालेलाई निर्वाचन आयोगले वैधानिकता दियो भने के गर्ने भनेर नआत्तिन पनि कार्यकर्तालाई आग्रह गरे। ‘ओली नेतृत्वको पार्टीलाई निर्वाचन आयोगले वैधानिक भन्यो भने के गर्ने भनेर आत्तिइरहनु भएको होला, नआत्तिनुस्, हामी समाधान निकाल्ने छौं, मझधारमा छाड्ने छैनौं, डुंगालाई सफलताका साथ लक्ष्यसम्म पु¥याई छाड्नेछौं,’ उनले भने।

नेता नेपालले जिल्ला तथा प्रदेशमा पनि कमिटी गठन जारी रहेको उल्लेख गर्दै जिल्लाभन्दा तलका तहमा पनि कमिटी बनाउने बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com