पूर्वी नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु भारतको जलपाइगुडी


प्रकाशित मिति : चैत्र २३, २०७७ सोमबार

नेपालको पूर्वी क्षेत्रमा सोमबार बेलुका ९ बजेर ४ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको छ।

भारतको जलपाइगुडी जिल्लाको विन्नागुडी केन्द्रविन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको तिब्रता ५.८ म्याग्निच्युड मापन गरिएको छ ।

नेपालका झापा, मोरङ, सुनसरी तथा भुटान, भारतको आसाम, बिहार, दार्जिलिङ, सिक्कीममा निक्कै ठूलो झड्का महसुस गरिएको थियो। मानिसहरु घरबाट बाहिर निस्किएका थिए।

भूकम्पबाट भएको क्षतिको विवरण आएको छैन।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com