जलवायु परिवर्तनबारे अमेरिकाले गर्ने शिखर बैठकमा नेपालले पाएन निम्तो


प्रकाशित मिति : चैत्र २३, २०७७ सोमबार

अमेरिकाले यसै महिना गर्ने ४० वटा राष्ट्रका शीर्ष नेता सम्मिलित जलवायु शिखर सम्मेलनमा सगरमाथाको देश नेपालले भने निम्तो पाएको छैन । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर तीब्र भएपनि नेपाललाई भने यो सम्मेलनमा निम्तो दिइएको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडनले भर्चुअल तरिकाले गर्ने सम्मेलनमा दक्षिण एशियाका तीन देशका शीर्षस्थ नेताहरूलाई निम्तो गरिएपनि नेपाललाई भने वेवास्ता गरिएको छ । अप्रिल २२ र २३ मा हुने शिखर बैठकमा भारतसहित बाङ्ग्लादेश र भुटानका शीर्षस्थ नेताहरूलाई भने निम्ता दिइएको छ ।

नेपाल क्षेत्रीय स्तरमा जलवायु परिवर्तन नियन्त्रणमा आफ्नो भूमिका देखाउन विफल भइरहेकाले यस्तो अवस्था आएको हुनसक्ने विज्ञहरुको भनाई छ । जनवरी २० मा सपथ ग्रहण गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको विषयलाई प्राथमिकतामा राख्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com