नेपाली समेतको सहभागितामा एशियनमाथिका घृणाबिरुद्ध न्युयोर्कमा प्रदर्शन, फिप्ना सहआयोजक


प्रकाशित मिति : चैत्र २२, २०७७ आईतबार

अमेरिकामा रंगभेदी र जातीभेदी गतिविधिहरू बढीरहेको तथा एशियन मुलुकका अमेरीकन नागरीकहरूमाथी घृणा र संघातिक आक्रमणका घटना बढिरहेको विरुद्ध न्युयोर्कमा नेपाली मूलका समेतको सहभागीतामा हजारौंको प्रदर्शन भएको छ । म्यानहाटनको फ्लोरी स्क्वार बाट ब्रुक्लिन पुल हुदै क्याटमन प्लाजासम्म प्रदर्शन गरिएको थियो ।

नागरिक अधिकारका लागि एशियन अमेरिकन गठबन्धनको प्रमूख आयोजनमा गरिएको प्रदर्शनमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका समेत सह आयोजक रहेको थियो । प्रदर्शनमा फिप्नाले नेपाली अमेरिकन समुदायको प्रतिनिधित्व गरेको थियो ।

प्रदर्शनमा फिफ्नाका अध्यक्ष लोक चेम्जोङ , प्रवासी नेपाली एकता मन्चका अध्यक्ष टेक गुरूङ, फिप्नाका सल्लाहकार भरत लामा, एनआरएन न्यूयोर्क च्याप्टरका कोषाध्यक्ष सोभाकान्त पाण्डे , एनआरएन न्यूयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष विष्णु राना , फिफ्नाका महासचिव नरेन्द्र थापा , कोषाध्यक्ष छोन्जोम लामा , सचिव टोमा लामा, सदस्य सोनाम गेल्बु शेर्पा , स्थानिय निकाय विभागका सदस्य सचिव दिपेन्द्र लामा , मुगुम अर्गनाईजेशनका अध्यक्ष आङगेल लामा , निवर्तमान अध्यक्ष पेमा लामा लगायतले प्रतिनिधित्व गरे ।

त्यस्तै तामाङ सोसाईटी अफ नर्थ अमेरीकाका अध्यक्ष लक्यान लामा , किरात याक्थुङ चुम्लुङका महासचिव सुमन थाम्सुहाङ , कोषाध्यक्ष सरोज थाङदेन ,युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरीका न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई , तामाङ सोसाइटी अफ अमेरीकाका अध्यक्ष छेमाङ तामाङ, शेर्पा संघ अमेरीकाका अध्यक्ष आङजंबु शेर्पा , फिफ्नाका पूर्व महासचिव प्रेम गुरूङ , एनआएरएनकी अभियन्ता राज्य कर्मचार्य श्रेष्ठ , एनआरएन न्यूयोर्क च्याप्टर युथ कोर्डिनेटर विजय गुरूङले पनि प्रदर्शनमा प्रतिनिधित्व गरे ।

हामी समानता चाहान्छौ , जातिय विभेद बन्द गर , यो मेरोपनि देश हो, रंगभेद वन्द गर , सबैप्रकारको अन्यायहरूको विरूद्धमा एकजुट होऔं जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको थियौं । हजारौं उपस्थित रहेको जुलुसमा नेपाली समुदायको नेतृत्व गर्दै फिप्नाले सह आयोजकको भुमिका निर्वाह गरेको भन्दै सबै नेपाली संघ संस्था तथा व्यक्तिको सक्रिय सहभागिता प्रति अध्यक्ष लोक चेम्जोङले धन्यवाद दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com