चिनियाँ खोप चैत २५ बाट दिइने


प्रकाशित मिति : चैत्र २२, २०७७ आईतबार

सरकारले चीन सरकारले अनुदानमा दिएको खोप चैत २५ बाट दिने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारदेखि काठमाडौं उपत्यकामा तोकिएका अस्पतालबाट सो खोप दिइने जानकारी दिएका हुन्।

उक्त खोप चीनको छात्रवृतिमा अध्ययन गरिरहेका विद्यार्थी, हिमालयपार व्यापारमा संलग्न व्यक्ति र अत्यावश्यक सेवामा संलग्न व्यक्ति लगायतले प्राप्त गर्ने छन्। चीनले नेपाल सरकारलाई अनुदानमा सिनोफार्मको ‘भेरोसेल’ खोपको ८ लाख डोज दिएको हो।

भारतले भने कोरोना संक्रमण बढ्दै गएपछि कोभिशिल्ड खोप निर्यातमा रोक लगाइसकेको छ। सरकारले भारतबाट किनेको १० लाख डोज खोप पनि आउने नआउने निश्चित छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com