नेपाल–खनाल समूहले गठन गर्‍यो समानान्तर काठमाडौं कमिटी


प्रकाशित मिति : चैत्र २२, २०७७ आईतबार

समानान्तर कमिटी गठनलाई तिब्रता दिने क्रममा नेकपा एमालेको नेपाल–खनाल समूहले काठमाडौं कमिटीको घोषणा गरेको छ। समूहले आइतबार एक कार्यक्रमका वसन्त मानन्धरको अध्यक्षतामा २२५ सदस्यीय काठमाडौं कमिटीको घोषणा गरेको हो।

मानन्धर प्रदेशसभा सदस्य पनि हुन्। कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र उपसचिवमा एलपी श्रेष्ठ छन्।

काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेला नाम दिइएको कार्यक्रमबीच समानान्तर कमिटी गठन गरिएको हो।

ओलीले चाहँदैमा फ्यालिन्नौं : माधव नेपाल
भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले चाहँदैमा आफूहरू नफ्यालिने दावी गरे। उनले ओलीले लगाउने फूर्तिबाट कोही नडराउनेसमेत बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘केपी ओलीले फ्यालेर हामी फ्यालिने मान्छे हौं?,’ नेपालले भने, ‘हामीले एमाले निर्माण गरेका हौं, राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गरेका मान्छे हौं। त्यसैले ओलीको फूर्तिको कुनै काम छैन।’

केन्द्रीय कमिटीदेखि सचिावलयसम्म आफूहरूको बहुमत रहेको दावी गर्दै नेता नेपालले आफूहरूको पार्टी आधिकारिक एमाले रहेको जिकिर गरे। उनले वामदेवसमेत आफ्नो समूहमा आउने दाबी गर्दै त्यसपछि आफूहरु थप बलियो हुने बताए।

नेपालले ओलीले गुटको भेलाबाट गरेको निर्णय आफूहरुलाई मान्य नहुने पनि बताए। अध्यक्ष ओली सुरूदेखि गुटबन्दीमा लागेको आरोप लगाउँदै उनले गुटबन्दीकै कारण ओलीले पार्टीलाई धरासायी बनाएको बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com