देशभर संगठन निर्माण र सुदृढीकरण अभियान थाल्ने नेपाल–खनाल पक्षको निर्णय


प्रकाशित मिति : चैत्र २१, २०७७ शनिबार

नेकपा एमालेको माधवकुमार नेपाल(झलनाथ खनाल पक्षले देशभर संगठन निर्माण र सुदृढीकरण अभियान थाल्ने भएको छ। नेपाल–खनालपक्षीय स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले देशभर संगठन निर्माण, सुदृढीकरण अभियानका साथै दुई महिने प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको हो।

नेता योगेश भट्टराईले आगामी दुई महिनाका लागि देशभर पार्टी संगठन निर्माण तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए। यसका लागि सो पक्षले ‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नारा तय गरेको छ। राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनलाई पनि मुलुकभर लगिने निर्णय स्थायी कमिटी बैठकले गरेको छ।

बैठकले एकतामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुका साथै २०७५ जेठ २ गतेसम्मको पार्टी कमिटी पुनर्सञ्चालन, गठन र पुनर्गठन गर्ने निर्णय पनि गरेको छ।

दुई महिना अवधिमा तीनवटा ठूला सभा गर्ने निर्णय पनि सो समूहले गरेको छ। वैशाख ९ गते पार्टी स्थापना दिवसका अवसरमा काठमाडौंमा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्ने, वैशाख १३ गते मनमोहन अधिकारीको स्मृतिमा विराटनगरमा सभा गर्ने र जेठ ३ गते मदन आश्रित दिवसका अवसरमा चितवनमा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्ने निर्णय नेपाल-खनाल समूहले गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकले वडा तहसम्म कमिटी गठन गर्ने, यही महिनाभित्र युवा संघको ७० वटा जिल्लामा कमिटी गठन गर्ने, वैध कमिटीको बेवास्ता गरेर अर्को कमिटी बनाएको ठाउँमा समानान्तर कमिटी गठन गर्ने निर्णय पनि गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com