सरकारको राजीनामा माग्ने कांग्रेसकाे निर्णय


प्रकाशित मिति : चैत्र २०, २०७७ शुक्रबार

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको राजीनामा माग्ने निर्णय गरेकाे छ। शुक्रबार बसेकाे केन्द्रीय कार्यसमितिको बैठकले सरकारको राजीनामा माग्ने निर्णय गरेको हो।

बैठकले सरकारको राजीनामा माग गरेर वैकल्पिक सरकार गठनका लागि अग्रसरता लिने निर्णय पनि गरेकाे छ।

केपी ओली नेतृत्वको सरकार गठनका लागि नेपाली कांग्रेससहित जनता समाजवादी पाटी र माओवादी केन्द्रबीच छलफल जारी छ। तर सरकार गठनमा कसरी अगाडि बढ्ने भन्ने निर्णय हुन सकिरहेको छैन। यस्तो बेला कांग्रेसको यो निर्णयले दलहरुलाई अगाडि बढ्न सजिलो भएको छ।

सरकार गठनका लागि निर्णायक मानिएको जसपा र सरकारी पक्षबीचको वार्ता सकारात्मक भएको दाबी गरिए पनि जसपा आफ्नो अडानबाट पछि हटेको छैन। उसले रेशम चौधरीको रिहाइलगायतका माग तत्काल पूरा गर्नुपर्ने शर्त अघि सारेको छ। यद्यपि सरकारमा जाने विषयमा जसपा नेताहरु भने विभाजित छन्। जसमामा उपेन्द्र यादव र बाबुराम भट्टराई ओली नेतृत्वको सरकारमा जान नहुने बताउँदै आएका छन् भने पूर्वराजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो भने सरकारमा जानुपर्ने पक्षमा देखिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्रियाशील सदस्यताबारे कांग्रेस
यसैगरी क्रियाशील सदस्यताको विवरण पार्टी केन्द्रीय कार्यालयमा बुझाउने अन्तिम मिति चैत मसान्तसम्मका लागि तोक्ने निर्णय बैठकले गरेको छ।

यसअघि चैत १० गतेसम्म क्रियाशील सदस्यता विवरण बुझाउने अन्तिम मिति तोकिएको भए पनि अधिकांश जिल्लाले केन्द्रीय कार्यालयमा विवरण बुझाएको थिएन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com