कोरोना खोप खरिदका लागि विश्व बैकले नेपाललाई ८ अर्ब ७० करोड ऋण दिने


प्रकाशित मिति : चैत्र २०, २०७७ शुक्रबार

सरकारलाई विश्व बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि करिब आठ अर्ब ७० करोड रुपैयाँ (७५ मिलियन अमेरिकी डलर) सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

जनसंख्याकाे उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न प्राप्त हुने सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढङु्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले शुक्रबार अर्थ मन्त्रालयमा हस्ताक्षर गरे।

सो अवसरमा सचिव ढुङ्गानाले कम्तिमा पनि ७२ प्रतिशत नेपालीलाई खोप लगाउने सरकारको बृहत् योजनाका लागि यो अतिरिक्त वित्तीय सहयोग महत्वपूर्ण भएको बताए। उनले कोभिड–१९ महामारीको प्रतिकार्यका लागि कोभिड–१९ विरूद्धका खोप खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजनाअनुरूपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ तुल्याउन अति उपयोगी हुने विश्वास व्यक्त गरे।

‘कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामूलक र द्रुत पहुँच विस्तार गर्न तथा महामारीबाट जीवन जोगाउन महत्वपूर्ण हुनेछ,’ विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि बैंकले तीन अर्ब ३० करोड रुपैयाँ बराबरको कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणालीका लागि सहुलियतमा ऋण दिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com