कारबाहीपछि नेताहरु भुसाल र पाण्डेको यस्तो छ प्रतिक्रिया


प्रकाशित मिति : चैत्र १९, २०७७ बिहीबार

पार्टी अध्यक्ष केपी ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले प्रतिक्रिया सार्वजनिक गरेका छन्।

नेता भुसालले ओलीभित्र असीमित सत्ताभोगको अृतप्त तृष्णा रहेको आरोप लगाएका छन्।

‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाइदिएको छ,’ भुषालले फेसबुकमा लेखेका छन्,‘ म बस्न नपाउने कुर्ची भाँचिदिन्छु, यो उनी आफैंले कबुल गरेको जीवन दर्शन हो।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेको र त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको भुसालले आरोप लगाएका छन्। ‘ओलीका लागि संसारमा या त चाकर छन या शत्रु’, उनले भनेका छन्।

‘उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले समाना गरौंला गर्नेछौं,’ भुसालले भनेका छन्, ‘‘तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन्, त्यो अपूरणीय छ।’

ओलीको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर आफूहरूले लोकतन्त्र र वामपन्थको ऋण तिर्ने उनले बताएका छन्। ‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि म दुनियाँसँग माफी माग्छु,’ भुसालले भनेका छन्।

यस्तै, अर्का नेता पाण्डेले ओली गुटपरस्त मानिस रहेको टिप्पणी गरेका छन्। गुटगत राजनीतिमा लागेका ओली एमाले र मुलुकको कम्युनिस्ट आन्दोलन समाप्त पार्ने दिशातर्फ लागेको आरोप लगाउँदै पाण्डेले फेसबुकमा भनेका छन्, ‘यो कदम पूर्वनियोजित र अपेक्षित नै थियो। पार्टी अध्यक्ष केपी शर्मा ओली लामो कालदेखि गुटपरस्त मानिस हो, गुटबन्दै गर्दै गएर नवौं महाधिवेशनमा पार्टी कब्जा गर्नुभयो। गुटद्वारा कब्जा गर्दै पार्टीका मानिस निकाल्ने, गुटद्वारा शासन गर्ने सिलसिलाकै जारी रूप हो।’

ओली कम्युनिस्ट आन्दोलन नै समाप्त गर्ने दिशातर्फ लागे पनि आफूहरूले आन्दोलनको झण्डा झुक्न नदिने दावी उनले गरेका छन्।
‘यसलाई अघि बढाउने कुरामा कुनै कसर बाँकी राख्दैनौं, घोषणापत्रमार्फत् गरिएका वाचाहरू पूरा गर्न थप सशक्त, अझ जुझारु र गम्भीर भएर अघि बढ्छौं,’ पाण्डेले भनेका छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com