घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ओलीले गरे ६ महिनाका लागि निलम्बन


प्रकाशित मिति : चैत्र १९, २०७७ बिहीबार

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन्। दुई नेताले यही चैत १७ गते पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरुलाई कारबाही गरेका हुन्।
ओलीले दुवै नेतासँग चैत ८ गते पहिलोपटक ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएका थिए। उक्त अवधिमा स्पष्टीकरण नआएको भन्दै १६ गते पार्टीले पुनः ताकेता गरेको थियो।
स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटी स्वीकार नगरेको, कुनै आत्मसमीक्षा नगरेको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रीत र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखिएको उल्लेख गर्दै उनीहरुलाई निलम्बन गरिएको जनाइएको छ। ओलीले उनीहरुलाई आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्‍याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्टि भएकोसमेत आरोप लगाएका छन्।
यस्तै, पार्टीविरोधी फाटोवादी र गुटगत कियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिई रहनेतर्फ अग्रसरता देखिएको भन्दै कारबाही गरिएको अध्यक्ष ओलीले जनाएका छन्।
यसअघि वरिष्ठ नेताहरु माधवकुमार नेपाल र भीम रावललाई पनि स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com