बेरोजगारी विमाको नयाँ आवेदन दिंदा १० गुणा आम्दानीको हिसाब कसरी गर्ने ?


प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार

बेरोजगारी विमा रकम लिइरहेकाहरु र सुविधावर्ष समाप्त भएर नयाँ आवेदन दिनुपर्नेहरुमा साप्ताहिक सुविधा रकमको १० गुणा कसरी हिसाब गर्ने भन्ने सन्दर्भमा अन्यौल देखिएको छ । न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले यो अन्यौल समाप्त पार्दै यसबारे प्रष्ट पारेको छ ।

तपाईले नियमित बेरोजगारी विमा रकम लिइरहनुभएको छ र गतबर्ष आवेदन दिएयता पार्टटाइम वा बीचमा काममा पनि फर्कनुभएको थियो भने तपाईले पुन आवेदन दिनका लागि आम्दानीको हिसाब गर्नुपर्छ ।

उदाहरणका लागि तपाईको साप्ताहिक सुविधा रकम १८२ डलर छ र तपाईले गतबर्ष आवेदन दिएदेखि सुविधा समाप्त भएको मितिसम्मको अवधिमा काम गरेर १८२ डलरको दशगुणा अर्थात् १८२० डलरभन्दा धेरै डब्लु टुमा आम्दानी गर्नुभएको छ भने तपाईले नयाँ आवेदन दिनुपर्छ । साप्ताहिक ५०४ डलर बिमा रकम हुनेहरुका ५०४० भन्दा बढी डब्लु टुमा आम्दानी गर्नुभएको छ भने तपाईले नयाँ आवेदन दिनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर स्वरोजगारका रुपमा तपाईले प्राप्त गरेको रकम भने यसमा गणना हुँदैन । अर्थात् तपाईले गरेको आम्दानी डब्लु टुमा छैन र स्वरोजगारमार्फत भएको हो भने तपाईले साप्ताहिक विमा रकमको १० गुणा बढी आम्दानी नै गरेको भएता पनि नयाँ आवेदन दिनुपर्दैन । उबर चालक लगायतलाई स्वरोजगारका रुपमा गणना गरिन्छ ।

त्यस्तै तपाईले नियमित बेरोजगारी विमा रकम नभई महामारी बेरोजगारी सहायता पीयुए पाइरहनुभएको छ भने पनि तपाई सुविधा बर्ष समाप्त भएपछि पनि नयाँ आवेदन दिनुपर्छ । तपाईले साप्ताहिक प्रमाणिकरण गरेमात्र सेप्टेम्बरको पहिलोसातासम्म रकम प्राप्त गर्नुहुनेछ । यदि तपाईको साप्ताहिक प्रमाणिकरणमा कोरोना महामारी सम्बन्धित प्रश्नहरु छन् भने तपाईले पीयुए पाइरहेको बुझ्नुपर्छ । छैनन् भने नियमित बेरोजगारी विमा रकम पाइरहेको बुझ्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com