५ हजार बढी आम्दानी गरेका स्वरोजगारका लागि बेरोजगारी विमाको ३ सय डलरमाथि १ सय थपिने


प्रकाशित मिति : चैत्र १४, २०७७ शनिबार

एकबर्षमा स्वरोजगारीबाट ५ हजार डलरभन्दा बढी आम्दानी गरेका स्वरोजगारहरुका लागि नयाँ बेरोजगारी विमा कार्यक्रम मिश्रित आम्दानीकर्ता बेरोजगारी क्षतिपूर्ति एमईयुसी कार्यक्रम लागु गरिएको छ । यो कार्यक्रम अन्तरगत योग्य हुनेहरुले बेरोजगारी विमाबाट संघीय सरकारबाट पाउने साप्ताहिक ३ सयमा एकसय थप गरेर साप्ताहिक ४ सय प्राप्त गर्नेछन् ।

अहिले योग्य हुने आवेदकहरुले जनवरी ३ कै साताबाट रकम पाउनेछन् भने सेप्टेम्बरमा ६ सम्म रकम प्राप्त गर्न सक्नेछन् । अहिले बेरोजगारी विमा रकम लिइरहेका स्वरोजगारहरु यो कार्यक्रमका लागि योग्य भएमा अहिले पाएको रकमभन्दा एकसय बढी पाउनेछन् । नियमित बेरोजगारी विमा रकम पाइरहेकाहरुमात्र यसका लागि योग्य हुनेछन्, महामारी बेरोजगारी सहायता पाइरहेकाहरु भने योग्य हुनेछैनन् ।

सन् २०१९ मा वा सन् २०२० मा स्वरोजगारबाट बार्षिक ५ हजार वा त्योभन्दा बढी नेट आम्दानी गरेकाहरु यो कार्यक्रमका लागि योग्य हुनेछन् । यो कार्यक्रमका लागि योग्य हुनका लागि एउटा आवेदन दिनुपर्छ भने आवेदनका साथमा स्वरोजगारबाट आम्दानी गरेको प्रमाण पनि पेश गर्नुपर्छ । प्राय आवेदकका सन्दर्भमा २०१९ को ट्याक्स रिर्टनलाई आधार मान्न सकिने डिपार्टमेन्ट अफ लेबरले जनाएको छ ।

२०१९ मा ट्याक्स फाइल नगरेकाहरुले पनि प्रमाणका रुपमा पेचेक स्टब, बैंक रिसिप्ट, विजनेश रेकर्ड, सम्झौता, बिल लगायतका कागजातहरु पेश गर्न सक्नेछन् । ५ हजार भन्दा कम आम्दानी भएका स्वरोजगारहरुलाई भने यो कार्यक्रमका लागि आवेदन नदिन सुझाव दिइएको छ । आवेदन एकपटकमात्र दिन डिपार्टमेन्ट अफ लेवरले सुझाव दिएको छ ।

कार्यक्रमका लागि योग्य हुनका लागि अनलाइनमार्फत वा फोनमार्फत आवेदन दिन सकिनेछ । तर अनलाइनमार्फत आवेदन दिनु बढी छिटो र सुरक्षित हुने सुझाव दिइएको छ । अनलाइनमार्फत आवेदन दिनका लागि आफ्नो अनलाइन एकाउन्ट लगइन गरेर अनलाइन फर्म सेक्सनमा जानुपर्छ । उक्त सेक्सनमा फर्म उपलब्ध हुनेछ ।

याद गर्नुहोस्, यदि तपाईले पीयुए लिइरहनुभएको छ भने तपाईको एकाउन्टमा उक्त फर्म उपलब्ध हुनेछैन । यदि तपाई स्वरोजगार हुनुहुन्थेन तर तपाईको अनलाइनमा उक्त फर्म देखिएको छ भने उक्त फर्म वेवास्ता गर्नुहोला ।

फोनमार्फत आवेदन दिनका लागि ८३३ ७१९ १९०४ मा फोन गर्नुपर्छ । फोनबाट आवेदन दिनेहरुले हुलाक वा फ्याक्समार्फत आम्दानीको प्रमाण पठाउनुपर्ने भएकाले झन्झटिलो र ढिलोसमेत हुनसक्ने जनाइएको छ ।

पीयुए लिइरहेकाहरु भने अयोग्य

यो कार्यक्रममा पीयुए लिइरहेकाहरु भने अयोग्य हुन्छन् ।

यदि साप्ताहिक प्रमाणिकरण गर्ने बेलामा आवेदकलाई कोरोनासँग सम्बन्धित प्रश्नहरु सोधिएको छ भने उक्त व्यक्तिले पीयुए रकम पाइरहेको हुन्छ । तर यदि साप्ताहिक प्रमाणिकरण गर्दा सोधिने प्रश्नहरु कोरोना सम्बन्धित छैनन् भने उसले नियमित बेरोजगारी विमा रकम पाइरहेको बुझ्नुपर्छ । महामारीको बेलामा बेरोजगार भएका सबै स्वत पीयुए अन्तरगत नपर्ने डिपार्टमेन्ट अफ लेवरको भनाई छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com