अमेरिकी पासपोर्टको आवेदन शुल्क बृद्धि गर्ने प्रस्ताव फेडरल रजिष्टरमा


प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले पासपोर्टको आवेदन शुल्क बृद्धि गर्ने प्रस्ताव फेडरल रजिष्टरमा प्रकाशित गरेको छ । आज प्रकाशित प्रस्तावित नियममा ६० दिन अर्थात् मे २५ सम्मको कमेन्ट अवधि राखिएको छ ।

फेडरल रजिष्टरमा प्रकाशित सुचना हेर्न यहाँ क्लीक गर्नुहोला ।

पासपोर्ट सुरक्षा शुल्कका नाममा उक्त शुल्कबृद्धिको प्रस्ताव गरिएको हो । अहिलेसम्म यो शुल्क ६० डलरमात्र रहेकोमा ८० डलर बनाउने प्रस्ताव गरिएको छ । जस अनुशार आवेदकले अमेरिकी पासपोर्टका लागि आवेदन दिंदा अहिलेसम्म ११० डलर तिर्दै आएकोमा १३० डलर हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै बालबालिकाहरुका लागि पासपोर्ट आवेदन दिंदा ८० डलरमात्र लाग्दै आएकोमा १०० डलर शुल्क तिर्नुपर्नेछ । शुल्कबृद्धिबाट बार्षिक रुपमा सरकारलाई थप ७२ मिलियन डलर आम्दानी हुने अपेक्षा गरिएको छ ।

पूरानो शुल्कमा ३३ दशमलव ३३ प्रतिशत शुल्क बृद्धिको प्रस्ताव गरिएको छ । हरेकबर्ष १२ मिलियनको हाराहारीमा पासपोर्टका लागि आवेदन प्राप्त हुने गरेको र आर्थिक बर्ष २०२२ मा १५ मिलियनसम्म आवेदन पर्ने अपेक्षा गरिएको छ ।

यो नियम आगामी आर्थिक बर्षबाट लागु गर्ने अमेरिकी विदेशमन्त्रालयको योजना रहेको छ । तर त्यसका लागि कमेन्ट अवधि सकिएपछि अन्तिम सुचना फेडरल रजिष्टरमा प्रकाशित गरिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com