माओवादी केन्द्र सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने


प्रकाशित मिति : चैत्र १०, २०७७ मंगलबार

नेकपा माओवादी केन्द्रले फागुन २३ को सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने भएको छ। सिंहदरबारमा बसेको स्थायी कमिटीको बैठकमा नेताहरु फैसलाविरुद्ध पुनरावलोकनमा जान सकारात्मक भएका हुन्। सर्वोच्च अदालतले फागुन २३ गते नेकपाको एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताएको थियो।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादीले कानुन व्यवसायीसँग पनि परामर्श गरेको थियो। कानुन व्यवसायीहरुले फैसला पुनरावलोकनमा जान सुझाव दिएका छन्।

‘सर्वोच्चले फागुन २३ गते गरेको फैसला विशुद्ध राजनीतिक देखिन्छ। त्यसैले पुनरावलोकनमा जान सुझाव दिनुभएको छ। पुनरावलोकनमा जान हामी सकरात्मक छौं,’ नेता देव गुरुङले भने।

प्रधानमन्त्री केपी ओलीले कानुनीरुपमा नमिले पनि राजनीतिक रुपमा विघटनका बाटा रोज्नसक्ने भन्दै कानुन व्यवसायीहरुले दलहरुले राजनीतिक रुपमा नै छलफल गर्नुपर्ने सुझाव दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘प्रधानमन्त्रीले पटकपटक संसदले काम गर्न सकेन भनेर फेरि निर्वाचनकै कुरा गरिरहनुभएको छ। अस्ति राष्ट्रपतिकहाँ पनि यो कुरा गर्नुभयो। पटकपटक भंग गर्ने कुरा गरिरहनु भएको छ। त्यसैले यो अवस्थामा कसरी संसद र संविधानको रक्षा गर्न सकिन्छ भन्ने विषयमासमेत कानुनविद्सँग छलफल गर्‍यौं,’ गुरुङले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com