ओलीले राष्ट्रिय–अन्तर्राष्ट्रिय सेटिङ गरेर एमाले र माओवादी ब्युँतियो : प्रचण्ड


प्रकाशित मिति : चैत्र ८, २०७७ आईतबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीको राष्ट्रिय र अन्तर्राष्ट्रिय ‘सेटिङ’ गरेर एमाले र माओवादी ब्युँतिएको टप्पणी गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस र नेपाली दलित आन्दोलनको कार्यदिशा’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रचण्डले पुनः दुईवटा पार्टी भएपछि आफूले ओलीलाई धन्यवाद दिएको पनि बताए।

‘उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय के–के सेटिङ गर्नुभयो र दुई वटा पार्टी भइयो र फेरि पनि मैले केपीजीलाई धन्यवाद भनेको छु, उहाँले संसद विघटन गरेर सडकमा पुर्‍याउनुभयो र जनता भएको ठाउँमा जाऊ भन्नुभो,’ उनले भने।

उनले त्यसअघि ओली आफूसँग रिसाएर आफू बस्ने अध्यक्षको कुर्सीसमेत हटाएको र सचिवालय सदस्यसँगै राखिदिएको प्रसंग पनि कोट्याए। ‘केपीजीले मेरो कुर्सी भाँचिदिन्छु भनेर माधवसँगसमेत भनेछन्, मैले त्यतिबेला केपीजी धन्यवाद पनि भनेँ, अब मोर्चा कसेर तपाईसँग लड्छु भनेर भनेको थिएँ, नभन्दै माधव, झलनाथसँग मिलेर लडियो र अगाडि बढियो,’ उनले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले पुस ५ मा प्रतिनिधिसभा विघटनपछि जनताको प्रतिनिधिका रुपमा लड्न पाएकोमा आफूलाई निकै शक्तिशाली महसुस गरेको पनि बताए।

उनले आफूले ४२ वर्षको उमेरदेखि जनताको मुक्तिका लागि लडेको र त्यो लडाइँ नयाँ राष्ट्रिय एकताका लागि हो भन्ने गरेको स्मरण गर्दै भने, ‘त्यो सपना संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत् आंशिक पूरा भएको भए पनि त्यो नचाहनेहरुले उल्याउन लागेकाले अहिले मेरो लडाइँ त्यसैका लागि हो।’

यसका लागि आफूले बाँचुन्जेल लड्ने पनि उनले प्रतिबद्धता जनाए।

उनले सबै समुदायका विरुद्ध निक्कै ठूलो षडयन्त्र भइरहेको उल्लेख गर्दै त्यसको केन्द्रित अभिव्यक्तिस्वरुप संविधानलाई मार्ने, लागू हुन नदिनेजस्ता कसरत भइरहेको टिप्पणी पनि गरे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com