तेश्रो चरणको राहत चेक आएन ? ५ वटा कारण हुनसक्छन्


प्रकाशित मिति : चैत्र ६, २०७७ शुक्रबार

अमेरिकी सरकारको आईआरएसले ९० मिलियनलाई तेश्रो चरणको राहत चेक पठाएको छ । अधिकांशको राहत चेक सिधै बैंकमा डिपोजिट गरिएको छ भने केहीको हुलाकमार्फत आउँदैछ । यदि तपाईको राहत चेक अहिलेसम्म आएको छैन भने ५ वटा कारणहरु हुनसक्छन् ।

पहिलो, तपाईको राहत चेक अहिलेसम्म प्रकृया नगरिएको हुनसक्छ । अनलाइनमा चेक गर्दा पेमेन्ट स्टाटस उपलब्ध नभएको जानकारी पाउनुभएको खण्डमा आत्तिनुपर्दैन ।

यदि तपाईले यो सन्देश पाउनुभयो भने तपाईको चेक प्रकृया नगरिएको हुनसक्छ वा तपाई चेकका लागि योग्य नहुन सक्नुहुनेछ भन्ने सन्देश पनि उक्त पेजमा उल्लेख भएको हुन्छ । यदि तपाईले अनलाइनमा चेक गर्दा थप जानकारी आवश्यक भएको भन्ने सुचना पाउनुभयो भने राहत चेक आईआरएसलाई नै फिर्ता गएको हुनसक्छ ।

यो अवस्थामा तपाईलाई आफ्नो सही बैंक एकाउन्ट उल्लेख गर्ने विकल्प दिइएको हुन्छ । तपाईको आफ्नो नाम, बैंक एकाउन्ट र राउटिङ नम्बर उपलब्ध गराउनुपर्छ । फोनबाट विवरण उपलब्ध गराउनका लागि आईआरएसमा फोन सम्पर्क नगर्न सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोश्रो, तपाईले सन् २०१९ को ट्याक्स फाइल गरेयता तपाइको सम्पर्क विवरणहरु परिवर्तन भएको हुनसक्छ । महामारीका बेलामा १६ मिलियन अमेरिकनहरु अस्थायी रुपमा बसाईसराई गरेको तथ्यांक रहेको छ । यदि तपाई बसाई सर्नुभएको खण्डमा तपाईको पछिल्लो ठेगाना आईआरएससँग नहुनसक्छ ।

तपाईले हालै सन् २०२० को ट्याक्स फाइल गरिसक्नुभएको भएतापनि तपाईको ट्याक्स फाइल आईआरएसले प्रकृयामा नलगिसकेको हुनसक्छ । मार्च १२ सम्मको अवस्था हेर्दा झण्डै ६७ लाख आवेदनहरु अहिलेपनि ब्याकलगमा रहेका छन् ।

तपाईले आफ्नो परिवर्तन भएको ठेगाना आईआरएसलाई जानकारी दिने विभिन्न तरिकाहरु रहेका छन् । तपाईले सन् २०२० को ट्याक्स फाइल गर्दा अपडेटेड ठेगाना प्रयोग गर्न सक्नुहुनेछ । तपाईले फर्म ८८२२ भरेर आफ्नो ठेगाना परिवर्तनबारे आईआरएसलाई जानकारी दिन सक्नुहुनेछ । त्यस्तै आईआरएसको ठेगानामा तपाईले आफ्नो पूरा नाम, नयाँ र पूरानो ठेगाना, सोसल सेक्युरिटी नम्बर हस्ताक्षर सहित पठाउन पनि सक्नुहुनेछ ।

यदि सरकारले पूरानो ठेगानामा चेक पठाइसकेको भएमा त्यो फर्कदासम्म तपाईले प्रतिक्षा गर्नुपर्छ । चेक फर्केको खण्डमा अनलाइनबाट चेक गर्दा तपाईलाई आफ्नो विवरण भर्ने विकल्प प्रदान गरिनेछ ।

तेश्रो, तपाईले हालै बैंक एकाउन्ट परिवर्तन गर्नुभएको खण्डमा पनि तपाईको राहत चेक प्राप्त नभएको हुनसक्छ । तपाईले डिभोर्स गरेका कारण, बसाई सरेका कारण वा अन्य कुनै कारणले पूरानो बैंक खाता बन्द गरेर नयाँ खोल्नुभएको खण्डमा पनि नयाँ खातामा रकम नआउन सक्छ । किनभने नयाँ खाता आईआरएसको रेकर्डमा नहुनसक्छ ।

यदि तपाईको राहत चेक पुरानो बन्द भएको खातामा आएको खण्डमा बैंकले उक्त चेक सरकारलाई नै फर्काइदिन्छ । यदि तपाईले अनलाइनमार्फत आईआरएसलाई नयाँ एकाउन्ट नदिएको खण्डमा वा उक्त विकल्प नपाएको खण्डमा आईआरएसले चेक फिर्ता भएको केहीदिनमा हुलाकमार्फत तपाईलाई चेक पठाउनेछ ।

चौथो, आईआरएससँग बैंक एकाउन्ट विवरण भएका कतिपयलाई समेत आईआरएसले हुलाकमार्फत चेक पठाएको छ । हुलाकबाट पठाइएको चेक प्राप्त हुन अझै केहीदिन लाग्नसक्छ । महामारी सम्बन्धित ट्याक्स ब्रेक वा अन्य कुनै कारणले तपाईको डाइरेक्ट डिपोजिट गरिएको चेक आईआरएसलाई फिर्ता हुनसक्छ ।

यदि तपाईको चेक हुलाकमार्फत आउँदै छ भने तपाईले अनलाइनमा चेक गर्दा हुलाकमार्फत पठाइएको जानकारी प्राप्त गर्नुहुनेछ । तपाईले धैर्य भएर प्रतिक्षा गर्नुपर्छ ।

पाँचौं, तपाईले राहत चेक हुलाकबाट पाइसकेको तर खाम नचिनेको पनि हुनसक्छ । यदि तपाईले हुलाकबाट पाउने पत्र राखिने स्थान सुरक्षित छैन भने नियमित रुपमा चेक गर्नुहोला । तपाईको राहत चेक हराएको खण्डमा तपाईले अर्को बर्ष ट्याक्स फाइल गर्दामात्र दावी गर्न सक्नुहुनेछ ।

अनलाइनबाट ट्रयाक गर्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com